हेल्प नेपाल नेटवर्क मार्फत रबिन्द्र मिश्रले गरेको निस्वार्थ योगदान कति प्रसंसा गरेपनि कम हुन्छ

प्रकाशित मिति:

जगन कार्की – रबिन्द्र मिश्रले हेल्प नेपालको पैसा खायो , १० करोडको अक्षयकोष कता लग्यो भनेर कुरै नबुझी आँखा चिम्लेर झुठा आरोप लगाउनेहरुले आँखाले देख्ने गरी , कानले सुन्नेगरी हेल्प नेपाल नेटवर्कले खादा माला लम्बेतान भाषण नगरी २० वर्षको आर्थिक र कार्यप्रगतिको बिबरण २ घण्टाको समयमा लण्डन मेयरको कार्यालय रहेको लण्डन सिटी हलमा दिएको छ । दारु , खाना पिना संग घन्टौ रल्लिने बानी परेको नेपाली समुदायलाई २ घण्टाको कार्यक्रम सकिएको १ मिनेटमा ढोका उता छ हल खालि गर्दिनुस भनि सेक्युरिटीले भन्दा माहोल सिक्न लायक थियो । हेल्प नेपालले अहिलेसम्म शिक्षा क्षेत्रमा स्कुल निर्माण, ईलाइब्रेरी स्थापना सहितका १ सय २५ प्रोजेक्ट तथा स्वास्थ्य क्षेत्रमा हेल्थ पोस्ट निर्माण, स्वास्थ्य शिविरदेखि, मेडिकल सामग्री सहायतासहितका ३२ प्रोजेक्ट पूरा गरिसकेको, भुकम्पका बेला २६ सय अस्थायी सेल्टर निर्माण, ६३ वटा स्वास्थ्य शिविर, ४ लजिंग सेन्टर, १ सय ४० शौचालय र ७ स्कुल निर्माणको कार्य गरेको नेटवर्कले अरु विभिन्न २५ वटा विपतका घटनामा समेत पीडितलाई सहयोग पुर्याएको जानकारी दिएको छ ।

हेल्प नेपाल नेटवर्कले १० करोड रुपिया उठाउने लक्ष्य राखेर स्थापना गरेको परोपकारी कोषमा अहिले ६ करोड रुपिया पुगिसकेको प्रशासनिक खर्चका लागि स्थापित प्रशासनिक कोषमा २ करोड २५ लाख रुपिया रहेको परोपकारी कोषमा रहेको रकमको ब्याजबाट प्राप्त हुने रकमबाट परोपकारी कामहरुमा सहयोग गर्दै आएको हेल्प नेपालका सम्पुर्ण प्रशासनिक खर्चहरु प्रशासनिक कोषमा रहेको रकमको ब्याजले नै धान्ने गरेको छ भने यस सम्बन्धि कुनै विवरण हेर्न चाहे वेब साइटमा उपलब्ध रहेको हेल्प नेपाल नेटवर्कका अध्यक्ष अरुणसिंह बस्नेतले जानकारी दिए । अत्यावसेकिय प्रशासनिक खर्च बाहेक संस्थामा लागेका अभियन्ताहरु स्वयंसेवी रुपमा खट्ने गरेको बस्नेत आफै स्थापनाकाल देखि स्वयं सेवी रुपमा खटेको जानकारी सुन्दा अनि प्रवासमा रहेका नेपालीहरुको जोड बलमा स्थापित संस्थाको प्रगति र यसले पारेको सकरात्मक प्रभाव हेर्दा सम्पूर्ण स्वयंसेवी अभियन्ताहरुलाई र सहयोगी मनहरुलाई हार्दिक नमन गर्दै धन्यवाद ज्ञापन गर्न मनलाग्यो
मिश्रको राजनीतिमा प्रवेस र पक्ष प्रतिपक्षको तार्किक राजनीतिक बिरोध र समर्थन जायज होला तर गलत आछेप लगाइनु निन्दनीय छ । उनले नेपालमा जबर्जस्त रुपमा नेत्रित्व गरेर सबै माझ चीरपरिचित गराएको कल्याणकारी पत्रकरिताको धार अनि हेल्प नेपाल नेटवर्क मार्फत गरेको निस्वार्थ योगदान कति प्रसंसा गरेपनि कम हुन्छ ।