गाउँपालिका अध्यक्षमाथि हातपात गर्ने नेकपा नेतालाई उन्मुक्ति दिएपछि काँग्रेसद्वारा सिन्धुली बन्द
काठमाडौं – सिन्धुली काँग्रेसले विपी राजमार्ग बन्द गरेको छ । आईतबार नेपाली काँग्रेस सिन्धुली शाखाले गाउँपालिकाको अध्यक्षमाथि हातपात भएको मुद्दामा प्रहरीले दोषीलाई कारबाही नगरेको आरोप लगाउँदै राजमार्ग बन्द गराएको हो ।
काँग्रेस सिन्धुलीका अनुसार तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरमाथि हातपात गर्नेलाई प्रहरीले पक्राउ गरेपनि उनीहरुलाई राती नै उन्मुक्ति दिएको आरोप लगाएको छ । काँग्रेस कार्यकर्ताहरुको प्रदर्शनका कारण राजमार्ग सहित सिन्धुलीका अन्य सडकहरुमा समेत सवारी चल्न सकेका छैनन् । काँग्रेसका कार्यकर्ताहरुले विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । काँग्रेसले नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता सिद्धिबहादुर कटुवालले गाउँपालिकाका अध्यक्षलाई कार्यकक्षमै चैत २८ मा हातपात गरेको आरोप लगाएको छ ।












