
एनआरएन नागरिकता, गोर्खाका सवाल र लगानीमा केन्द्रित ‘एनआरएन बहस’ लन्डनमा सम्पन्न
लन्डन । लन्डनमा आयोजना गरिएको एनआरएन बहश कार्यक्रममा नागरिकता र गोर्खाको मुद्धाले प्राथमिकता पाएको छ । गैर आवासीय नेपालीको जल्दाबल्दा मुद्दामा केन्द्रित भएर लन्डनको अल्डरसटमा आयोजना गरिएको ‘एनआरएन बहश’ कार्यक्रम एनआरएन नागरिकता र गोर्खाको मुद्धाले प्राथमिकताले पाएको हो । एनआरएन अभियन्ताको सहभागितामा सम्पन्न कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा। दुर्गा प्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा भएको थियो । ट््वान्टी फो न्यूज प्रेस डटकमको आयोजना भएको कार्यक्रम विभिन्न सेसनमा सञ्चालन गरिएका थियो । विशेष गरि एनआरएन नागरिकता, गोर्खाका सवाल र लगानीमा केन्द्रित गरिएको थियो । एपी वान टेलिभिजनका प्रधानसम्पादक टिकाराम यात्रीले सञ्चालन गरेको पहिलो सेसनमा एनआरएनएन नागरिकता कार्यदलका संयोजक तथा अभियन्ता रामप्रताप थापा, एनआरएनए उपाध्यक्ष कुल आचार्य, अधिवक्ताद्धय गोविन्द्र बेलबासे, नारायण कँडेलसँग नागरिकताको विषयमा अन्तरक्रिया सम्पन्न गरिएको थियो ।
त्यस्तै, गैर आवासीय नेपाली लगानीका सम्बन्धमा अष्टेलियाका लागि नेपाली महावाणिज्य दूत दिपक खडका, एनआरएन यूकेका संरक्षक योगेन्द्र बहादुर क्षेत्री, आइसिसी सहकोषाध्यक्ष सोम सापकोटा, एनआरएनए पोर्चुगलका अध्यक्ष कुवेर कार्कीसँगे अन्तरक्रिर्या गरेका थिए । त्यस्तै, तेसो सेसनमा भूपू गोर्खाको विषयमा शेर बहादुर सुनार, उपमेयर लक्ष्य गुरुग, सत्याग्रहरका ज्ञानराज राई, गेसोको अध्यक्ष धर्म बहादुर तामागं र बीबीसी नेपाली सेवाका भगीरथ योगीसँगै एपी वान टेलिभिजनका मोहराज शर्माले सञ्चालन गरेका थिए ।
बेलायतका लागि नेपाली राजदूत डा। दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमममा एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामी, नेपाल पत्रकार महासंघका महासचीव रमेश विष्ट, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, एनआरएनमा गोर्खा मुद्धाका संयोजक थर्क राना, भूतपूर्व सैनीक संघका अध्यक्ष केशर बहादुर गुरुङ, एनआरएन स्कटल्याण्डबाट अध्यक्ष मोहन कार्की, वेल्सका अध्यक्ष रामचन्द्र पौडेल, नर्दर आयरल्यान्डका अध्यक्ष लीलाराम निउरे, मेजर रिटार्यड डम्बर घले, एनआरएन सरक्षक सूर्य गुरुग, नेपाल पत्रकार महासंघ यूकेबाट श्याम लुँइटेल, प्रेस युनियन यूके अध्यक्ष विपीन निरौला, नेपाली जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष विनोद घिमिरे, एनआरएन यूकेका उपाध्यक्षहरु शेर बहादुर सुनार पुनम गुरुग, प्रेम गाहा मगर, सुशिला राई, सचिव तारानाथ भण्डारी, कायसमिति सदस्य राजन खकुराल, मनीष खड्का, शिव कँडेल, युर्थ संयोजक लाल बहादुर गुरुग, मिडल्यान्डबाट एनआरएन यूके सल्लाहकार दयानीथी सापकोटा, डा बच्छु कैलाश, वरिष्ठ गायक प्रेम ध्वज प्रधानलगायतको सहभागिता रहेको थियो । सो अवसरमा विभिन्न ब्यक्तित्वहरुलाई विशेष अवार्डसमेत प्रदान गरिएको अनलाइका अध्यक्ष विनय अधिकारीले जानकारी दिए ।