कौरब खत्री /त्यो कालो दिनको याद आज पनि आईरहेछ । झलमल्ल घाम त लागिरहेको थियो, तर त्यस दिन मैले केही देखेको थिएन,संसार अध्यारो थियो ।जन्मे पछि मर्नु त छदै थियो,तैपनि सायद मान्छेलाई धेरै बषै बाच्ने रहर हुन्छ होला । यति कुरा गर्दा कोही मरेका कुरा वा घटना दर्साउन थालेजस्तो नहोस कसैलाई । तर पुर्नजन्ममा अघिल्लो जन्मको कहानी लेखौ लेखौ लाग्यो ।मानिसहरु रुन्छन,रुनु, हास्नु, रिसाउनु, खुशी हुनु,डराउनु त प्रकृतिको नियम हो ।

त्यसैले आजको दिनमा त्यो दिन के भयो सम्झने कोशिस गदैछु । सबै थाहा छ तर केही पनि याद छैन,म अज्ञात थिए,अज्ञात नै छु कहिलेकाहीँ एकोहोरो टोलाउदा होइनकी झँ लाग्छ । मैले धेरै सपना देख्छु , र त्यो सपना कुनै घटना सँग मेल खान्छ तर खुट्टा तिर हेर्दा खाटा देखिन्छन र शरिर भरी हेर्दा दागहरु देखिन्छन ।फेरी इष्टमित्रले पनि सत्य घटना जस्तै कुरा गर्छन मलाई पत्यार लाग्दैनकी म अझै पनि सपना भित्रको सपनामा डुबुल्की मारिरहेको छु कि जस्तो लाग्छ ।म यो कुरामा सत्य छु कि म मेरो जन्म दिने आमाको ममता ,आँशु ,हासो, बुवाको साहस र आत्मबल श्रीमतीको धैर्यता र माया , छोराछोरीको आशाको खम्बा अनि, दाजुभाईको सहयोग, दिदिबहिनीको निश्वार्थ प्रेम, साथीभाईको साथ र समर्थन सगँै छु ।यो कुरालाई म नकार्न सक्दिन । गर्दागर्दै ६ ओटा वर्षपनि बितिसकेछन् ।समग्रमा ६ बर्ष बितेछन,होइनकी क्या हो के ३६५ दिनको एक बर्ष हुन्छत के एक बर्षमा ५२ हप्ता हुन्छन त के एक बर्षमा १२ वटा महिना अनी छ वटा ऋतु हुन्छन त होला पक्कै मेरो दिमागको घडि बिग्रको यो बह्माण्डले कसैलाई पक्षपात गरेको छैन । ० बाट १ पुग्नको लागी १ नै जोड्नु पर्छ होला , त्यसैले २०७० सालको कुरा हो यो । २०७० साल जेठ महिनाको ३० गते मसान्तको षष्ठी तिथिको दिन दिउँसो करिव ४बजेर १५मिनेट सम्म म सबै कुरा जान्दथे तर ४बजेर २० मिनेटबाट ।।
आज त २०७६ सालको जेठ महिनाको ३०गते विहिवार हो ।म त्यतिबेला साविकको अलाङकोट गाविस ७ ददल्का गुल्मीको मुसिकोट नगरपालिका वडा नं।९अन्र्तगत श्री ददल्का माध्यमिक विद्यालय अर्लाङकोटमा अध्यापन गर्थे । इलामका दाजु महावीर बस्नेत ९निशान श्री सितापुर उच्च माध्यमिक विद्यालयमा अध्यापन गर्नुहुन्थयो ।मसँगै अध्यापन गर्ने अरु दुई जना निमा सापकोटा र बुद्धिमणि खरेल हुनुहुन्थ्यो सबैजना पारिवारीक झमेलामा बाँधिएका थियौ । हामी कसैका आशाका त्यान्द्रा थियौ, कसैलाई घर जानुपर्ने, कसैलाई पर जानु पर्ने , म आफ्नो घर मुिसकोट जानु पर्ने र सहकर्मी शिक्षिका निमाको बसोबास वामी, हामीलाई घर जानु थियो ।महाबीर बस्नेत, निशान र बुद्धिमणि खरेल आ–आफ्ना काममा पर जानु पर्ने थियो । त्यसैले सबैले तालमेल मिलाएर यात्रा तय गरेका थियौ । हामीहरुको मात्र कुरा पनि नगरौ त्यस्तै कतै अध्यापन गर्ने अर्का गुरु रामबहादुर मल्ल र हटिया निवासी, मेघ बहादुर अधिकारी, अनि ट्रक चालक यम राना रुपन्देही बुटवल नगरपालिका १३ र सहचालक मोहन दाहाल गुल्मी,सबै हाँसौ मज्जा सँगै थियौ । हामी गाडी नम्बर लु १ ख ७५५७ नम्बरको ट्रकमा सवार थियौ । हामी ट्रकमा चढेको पाँच मिनेटमै हिडिरहेको बाटोबाट एक्कासी करिव पचास मिटर तल गाडीको स्वतन्त्र यात्रा भयो ।त्यहा कसैले गाडी चलाएको थिएन ।त्यँहा कसैको दिमाग प्रयोग भएको थिएन, म त्यो घटनाको बारेमा केहि भन्न सक्दिन र भनौ पनि कसरी नाटक पनि हेर्नेलाई मज्जा हुन्छ रे, नाटक देखाउनेलाई त कति पिडा हुन्छ होला है न र त्यसैको पात्र भयौ हामी सबै जना । एक्कासी ट्रक दुर्घटना हुदा गाडीमा सवार सबै जनालाई अनगिन्ती चोटैचोट कसैलाई टाउकोमा गम्भीर चोट त कसैलाई शरिरका विभिन्न भागमा चोटैचोट म पनि उस्तै भएर शरिर र खुट्टामा लछारपछारको पात्र भए म । चालक र सहचालकको अवस्था उस्तै । म शुरुमा बेहोस भित्रको होसमा थिए । तर पछि स्वयं अचेतन । तत्काल दुर्घटना वरिपरिका मनेवाका बासिन्दाको सहयोगमा बाग्लुङ्को खर्बाङ प्रहरीको आगमन भयो । पुर्नजन्मको लागी खर्बाङकै आरोग्य मेडिकल हलमा सामान्य उपचारको क्रममा रह्यौ त्यहा । भन्छन मान्छेलाई मान्छे चाहिन्छ मर्दा र पर्दा साच्चै रहेछ त्यो कुरा पनि । म यहा नाम जपेर भ्याँउदिन असङ्ख्य शुभचिन्तकहरु तथा मेरो जीवनको हरेक पलमा सहयोग गर्ने आदरणीय गुरु, न्यू शाइन स्टार बार्डिङ स्कुल अर्लाङ्कोटका निर्देशक एवं जनजागृति उमाविका शिक्षक डिल बहादुर बुढाथोकी, खर्बाङ प्रहरी चौकी, सामुदायिक रेडियो पुष्पाञ्जली ९७।४ मेगाहर्ज वामीटक्सार लगायत रिघा मनेवाबासी दाजुभाई, दिदिबहिनीहरु, मेरो घर परिवार, साथीभाईहरु छरछिमेकहरु सम्पूर्णप्रति हार्दिक आभार समेत व्यक्त गनै चाहान्छु । कठै १ आमाको मन ,मेरी दिदि कमलाले मलाई सम्हाली रहनुभएको थियो । खर्बाङ्को बजारमा खचाखच थियो मानव जातीहरुको । पछि खबरमा आएको कुरा, गर्देछु म । त्यहा कठै भन्ने आवाज अनगिन्ती सुनिन्थ्यो । म चिन्दिनथे कसैलाई । त्यसपछि हामी एम्वुलेन्सको सहयोगमा पोखरा तर्फ गण्डकी हस्पिटलमा प्रस्थान गरी पुर्नजन्मको लागि वास्तविक गन्तव्यको स्वीकार गरी औषधी उपचार पछि आज यो २०७६साल जेष्ठ महिनाको छ बर्ष चल्दै गर्दा फेरी यो कहानी लेखौ लेखौ लाग्यो । पात्रो फर्काएर हेर्नुस न २०७० सालको जेठ ३० गते भने शुक्रबार थियो भने २०७६ सालको जेठ महिना आज ३० गते विहिवार परेछ ।।।।।।।।
आखिर के त जिन्दगी ।।।।।।।।।












