सबलपोस्ट/नवलपुर – नेपाल विद्यार्थी संघ कुमारवर्ती बहुमुखी क्याम्पस कावासोतीको इकाई अधिवेशन आज सम्पन्न भएको छ । उक्त अधिवेशनले सुदिप चापागाईको नेतृत्वमा २५ सदस्यीय ईकाई समिति सर्वसम्मतले चयन गर्दै सम्पन्न भएको हो । ईकाई सभापति हरि सुवेदीको अध्यक्षता र नेविसंघ पुर्व नवलपरासीका सभापती राजेस पौडेलको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको छ ।
आज सम्पन्न अधिवेशनबाट अध्यक्ष सुदिप चापागाई, उपाध्यक्ष कपिल लामिछाने, सचिव जगत थापा मगर कोषाध्यक्ष श्रीषा देवकोटा , सहसचिव शिव लामिछाने सहितको २५ सदस्यीय ईकाई समिति सर्वसम्मतले चयन गरिएको निवर्तमान इकाई सभापति हरि सुवेदीले जानकारी दिए । नेविसंघ जिल्ला सभापति राजेश पौडेल , उपाध्यक्षहरु संजय भट्टराई , लक्ष्मण रिजाल, सचिव सुशील काफ्ले, कुमारवर्ती क्याम्पस का स्ववियु सभापति अर्जुन चालिसे लगाएत का नेताहरुको उपस्थित रहेको थियो ।












