निशा भण्डारी ,कावासोती । नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३७ औं स्मृति दिवसको अवसरमा नवलपुरमा सोमबार वृक्षारोपण गरिएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति नवलपुरको आयेजनामा कावासोती ८ स्थित बिपि पार्कको प्रांगण तथा आसपासको क्षेत्रमा फलफूल वृक्षारोपण गरिएको हो।
वृक्षारोपण कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले नेपाल अझै बीपीले कल्पना गरेको समाजबाद सम्म पुग्न नसकेको बताए। उनले अहिलेको सरकारले जनताका आधारभूत कुरा समेत पुरा गर्न नसकेको भन्दै बरु सरकार जनताका संबैधानिक अधिकार खोस्न लागि परेको बताए।
यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्रध्वज जिसीले अहिलेको कम्युनिष्ट सरकारले लोकतन्त्रका आधारभुत कुराहरुलाई नै मास्न खोजेको आरोप लगाए। बीपीले उस बेला संघर्स गरेर ल्याएको प्रजातन्त्रिक ब्याबस्था लाई बचाउन आज फेरी कम्युनिस्ट संग कांग्रेसले उस्तै आन्दोलन थाल्नु पर्ने बताए। वृक्षारोपण कार्यक्रममा गण्डकी प्रदेशका सदस्य एवं नेपाली कांग्रेसका जिल्ला सभापती विष्णु लामिछाने, नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्रध्वज जिसी, मध्यबिन्दु नगरपालिका उप(प्रमुख ओम कुमारी महत्तो, विनयी गाउपालिकाका प्रमुख डम्बर बहादुर जिसी, जिल्ला सचिव बालकृष्ण घिमिरे, नेबिसंघ केन्द्रिय सदस्य आर सि भट्टराई, नेपाल प्रेस युनियन नवलपुरका वीरेन्द्र पराजुली, संचारकर्मी कल्पना कुँवर लगायतको उपस्थिति रहेको थियो ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको आज देश भरी योगदानको स्मरण गरी ३७औँ स्मृति दिवस आज ९६ साउन० मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं १९७१ भदौ २४ गते जन्मिएका महामानव कोईरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुऱ्याउनुभएको छ । कोइरालाको जन्म । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उहाँ पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उहाँका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवम् ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चस्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ । वरिष्ठ अधिवक्ता गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त’, सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दी गृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ ले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ ।












