ओलीको ‘प्लाज्मा फेरेसिस’ विधिबाट उपचार सुरु

प्रकाशित मिति:

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्लाज्मा फेरेसिस’ विधिबाट गत शुक्रबारबाट उपचार सुरु भएको छ । उपचारका लागि बिहिबार सिंगापुर जानु भएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीटर मार्फत् जानकारी दिनुभएको छ । सिंगापुर स्थित नेसलन युनिर्भ्सिटी हस्पिटलमा ‘प्लाज्मा फेरेसिस’ प्रकृया सुरु गरिएको प्रधानमन्त्रीका निजी चिकित्सक प्रा. डा. दिव्या सिंहलाई उद्धृत गर्दै रिमालले ट्विटरमा जानकारी दिनुभएको हो ।

सम्माननीय प्रधानमन्त्रीज्यूको उपचारको क्रममा प्लाज़्मा फेरेसिस प्रकृया गत शुक्रबारबाट National University Hospital सिंगापुरमा शुरू गरिएको छ। निजी चिकित्सक प्रोफ़ेसर डा दिव्यासिंह शाहका अनुसार यो उपचार प्रकृया अरू केही पटक गरिनेछ। उहॉको स्वास्थ्य स्थिति अहिले सामान्य अवस्थामा छ। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीट