सरकारले देशलाई कम्युनिस्ट स्टेट बनाएर जनता रुवाउँछ – देउवा

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले देश लाई कम्युनिस्ट स्टेट बनाउने खतरा बढ्दै गएको बताउनु भएको छ ।

बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउबाले सरकार प्रजातन्त्रको सबै मुलभूत कुराहरु मास्दै गएकोले कम्युनिस्ट स्टेट बनाउन खोजेको बताउनु भयो । सरकार प्रजातन्त्र विरोधी, मानवाधिकार बिरोधि, प्रेस स्वतन्त्रता बिरोधि भएको भन्दै सरकारको बिरुद्ध एकजुट हुन आग्रह पनि गर्नु भयो । सभापति देउबाले नेपाली कांग्रेसले निर्णय नै गरेर सरकारका गलत कदमको बिरुद्ध आन्दोलन भएको पनि बताउनु भयो । स्थायी प्रजातन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रताको रक्षाको लागि लड्ने दिन आएको भन्दै आन्दोलनमा आउन सबैलाई आग्रह गर्नु भयो ।