काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले कम्युनिष्ट सरकारको विकल्प खोजेको बताएका छन्। बुधबार तनहुँमा आयोजित राष्ट्रिय जागरण अभियानको कार्यक्रममा बोल्दै उनले भने ‘यो सरकारलाई दुई तिहाइको समर्थनप्राप्त छ तर जनता खुसी हुन सकिराखेका छैनन्,’ उनले भने, ‘त्यसैले जनताले कम्युनिष्टको विकल्प खोजेको छ।’
गाउँमा रोगजारी र आम्दानीको व्यवस्था गर्न पार्टी लाग्नुपर्ने बताउँदै उनले भने, ‘गाउँमा विस्तारै सेवा सुविधाहरू आएको छ। तर आम्दानी र रोजगारी गाउँमा नहुँदा मान्छे मधेश झरे, अरब गए ।’ थप्दै उनले प्रश्न गरे, ‘गाउँमै आम्दानी र रोजगारी हुने हो भने गर्मी खान को मधेश झर्छ ?’ उनले कम्युनिष्ट नेतृत्वको सरकारबाट जनता खुसी हुन नसकेको भन्दै कम्युनिष्टको विकल्प कांग्रेस भएको दाबी गरे।












