सिदार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा लगायतका सडक निर्माणमा खै राज्यको ध्यान ?
♥जब बाटो कमजोर हुन्छ के गरी चल्छ साधन
बाटोमै खर्च गरिरहे धन के गरी चल्छ जिवन ।
♥बाटो गतिलो भएन भने कसरि बचाउने ज्यान
सडक निर्माण गर्न जाओस् सरकारको ध्यान ।।
भनिन्छ जब सास छ त तब जिवन चल्छ । जिवन जिउन निकै सङ्घर्ष गर्नुपर्छ । कलिला मुना रहे देश रहन्छ युवा बाँचे देशको मुहार फेरिन्छ र वृद्ध भए संस्कार बच्छ। तर सडकको लापरबाहीले वृद्ध युवा बच्चा धेरैको ज्यान बाँच्न सकेको छैन नि आखिर यो पिडा कहिले सम्म भोग्नुपर्ने हो सरकार। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म चल्ने जुन यो सिदार्थ राजमार्ग अन्तर्गतको बुटवल पाल्पा लगायतका सडक न हिउँद न वर्षा जहिले पनि जोखिम नै छ।यो सडकमा कति साधन गुड्छन् भन्ने हजुरहरुलाई थाहै छ अनि दुर्घटनाका त कुरै छोडौ ।ज्यान धरापमा राखेर गाडी चलाउने गर्छन् ड्राईभर । सडक निर्माण योजना पारित भएको पनि वर्षौ भो तर निर्माण कार्य पूरा हुन सकेको छैन किन सरकार।
हिउँदमा बाटो खनिन्छ वर्षामा पहिरो झरेर सबै खत्तम हुन्छ । बाटो निर्माण गर्दा कसैलाई अप्ठ्यारो नपर्ने गरि दक्ष ईन्जिनियरको प्रयोग बरु काम थोरै होस् टिकाउ हुने किसिमले हुनुपर्छ । सडक दुर्घटनामा कति आमाको कोख रित्तिए कतिको सिन्दुर पुछियो कति बच्चा टुहुरो भए ।यो माहोलले प्रस्ट छ कति छिटो सडक निर्माण गर्ने र हजुरहरुलाई चुनौतिको विषय पनि हो सडक निर्माण टिकाउ निर्माण ।
हजुरहरुको योजना पारित हुन्छ काम पनि हुन्छ आधा काम गर्नुहुन्छ १,२ वर्ष हेर्नुहुन्न फेरि त्यो पुरानै जस्तो हुन्छ अब नयाँ सुरू गर्ने कि पूरानै सपार्ने गाह्रो हुन्छ नि त्यसैले हरेक काम टिकाउ हुने खालको हुनुपर्छ ।
हामी नेपालीसँग आर्थिक नभएको होइन कहाँ कसरी खर्च गर्ने योजना नभएको मात्र हो – विदेश भ्रमणमा जाँदा त्यहाँको सडकबाट पनि केही सिक्नुपर्छ हजुर पूरै त्यस्तो बनाउन नसकिएला जस्तो त बनाउन सकिन्छ नि। नेपाली जो कोही यस भूमिलाई बचाउन ज्यान दिन र सडक निर्माणको लागि छाक काट्न तयार हुन्छन् ।बाटो भएन भने कसरि आवश्यकता पूरा हुन्छ त्यसैले पहिलो ध्यान अब सडक निर्माणमा जाओस् हजुर ।आवश्यकता भन्दा बढी बाटो खन्न बन्द गर्नुहोस् ।घरको नजिकै साधन पुर्याउने उद्देश्यले बाटो खन्दा त्यसले के कति नोक्सान हुन्छ सब बिचार गरेर नितिनियमको साथ काम हुनुपर्छ ।
♦आसा छ सरकारले बाटो निर्माण गर्छ भन्ने
कति चाडो गर्छ आओस् नि वरै दिन गन्ने ।