गत वर्ष जस्तै यो वर्षमा चेपाङ्ग बालबालिकाको मुहारमा खुसियाली छाउने

प्रकाशित मिति:

मकवान/पहिलेको वर्ष जस्तै यो वर्ष पनि मकवानपुर का चेपाङ्ग बालबालिकाहरूले शैक्षिक समग्र पाउने भएका छन ।मकवानपुर जिल्लाको अति नै विकट गाउँ राक्सिराङ गा।पा ७ चरिमारामा करिब ३०० चेपाङ समुदायको बसोबास रहेको छ। यस समुदायको मुख्य पेषा कृषि हो ।मकै ,कोदो ,गहु आदि उत्पादन त हुन्छ तर उतपादित अन्नले ६ महिना खाना पुग्दैने अन्य भनेको मौसमी ज्याला मजदुरी हो ।त्यसकारण यो समुदायको सामाजिक ,आर्थिक,शैक्षिक स्वास्थ्य अबस्था अत्यन्त न्यून रहेको छ।त्यसको असर सिधै बालबालिकाको शिक्षामा पर्न गएको छ।चरिमाराकै गाउमा एक सामुदायिक प्राथामिक बिद्यालय छ।तर घरको अबस्था अतन्त्यै नाजुक हुदा नियमित बिद्यालय जाने बाताबरण छैन।कत्तिले त घरको अबस्थाकै कारण बालबालिकालाइ श्रमको लागि मनहरी,हेटौडा,काठमाडौ,नारायणगढ लगाएतका सहरहरुमा पठाउने गरेका छन।पुस्तौ देखि यो क्रम चलिरहेको छ। करिव १ कोसको बाटो हिंडेर स्कुल जान्छन् चेपाङ बालिका । गाउँमा स्कुल छैन पल्लो गाउको प्रावी सम्म पुग्न पर्छ, जङ्गलको बाटो । घरमा आर्थिक अभाव छ कापी कलम किन्न सक्ने अवस्था नभएको उनीहरु बताउछन् ।

स्कुल जादै गर्दाबीच बाटोमै भेटिएका उनीहरु शुरुमा देख्दा निकै लजाए । फोटो खिच्न मानेनन् । हातमा बोकेको किताबले मुहार छोपे । बिस्तारै दुस्ख सुखका कुरा गर्न थालेपछी बल्ल आफ्ना कुरा भन्ने मेरो अगाडी मुस्कुराउन थाले यी अवोध अनुहारहरु ।यी अवोध बालबालिकालाई बाल अधिकार के हो केही थाहा छैन । तर क ख चिन्ने उत्कठ रहर छ यिनीहरुमा ।कतिपय विद्यालय आउने बालबालिकासँग न्यानो कपडा, कपीकलम र झोला हुँदैन, सरले भने । खाजा कार्यक्रम हुँदासम्म विद्यार्थीलाई विद्यालयमा टिकाउन सहज भएको उनको भनाइ छ । ठूलो सङ्ख्यामा विद्यालय बाहिर रहेका विद्यार्थीलाई स्कूलमा तान्न र टिकाइराख्न दिवाखाजा प्रभावकारी बनेको शिक्षकले बताए । केन्द्रले बजेट कटौती गरेका कारण गाउँपालिकाको स्रोत साधनले खाजा कार्यक्रमलाई निरन्तरता दिन नसकेको उनले बताए । “गाउँपालिकाभित्रका चेपाङ बालबालिकाका लागि मात्रै खाजामा करीब रु ४५ लाख खर्च हुन्छ, उनले भने, “गाउँपालिकाले छुट्टाएको रु १० लाख बजेटले सीमित क्षेत्रलाई पनि पुग्दैन् ।” नगरपालिकाको पहाडी क्षेत्रको ५, ६ ७ र ८ नम्बर वडामा दुई हजार ८०० विद्यार्थीमध्ये दुई हजार २०० चेपाङ बालबालिका मात्रै रहेको अधिकारीले बताए ।अन्य ६०० मा पनि अधिकांश जनजाति समुदायका विद्यार्थी छन् । भौगोलिक विकटतासँगै घरमा समयमै खाना खान नपाउने भएकै कारण बालबालिका विद्यालयसम्म आउने वातावरण नबनेको अधिकारीको भनाइ छ । उनले बालबालिकालाई नियमित बनाउन न्यानो कपडा वितरण, छलफल, अन्तरक्रियालगायतका कार्यक्रम निरन्तर गरिरहेको जानकारी दिए ।चरिमाराका बालबालिका हरु सामान्य पोसाक,शैक्षिक सामाग्री नभएकै भरमा स्कुल जानबाट बन्चित हुनुपरेको यो अबस्थालाइ हामी सबैको सानो सहयोगले चेपाङ्ग बालबालिकाको शिक्षामा केही सहयोग पुग्नेछ सबै मिलि सहयोग गरौ न हैरु यो अभियान रामेश्वर शर्मा भुर्तेलले गरि रहनुभएको छ। गत वर्ष २०७५ पनि शर्माको नेत्रितोमा मकवानपुरको राक्सिराङ जिर्खेडाडा दुईवटा स्कुलमा शैक्षिक सामग्री बोकेर जानु‍ भएको थियो।