सानुबाबु सिलवाल -डलर बनाउने गतिलो मार्ग भनेको ब्यापार ब्यबसाय र उध्धम नै हो अमेरिकामा। त्यति सहज, सजीलो चाहि छैन भने जस्तो, सोचे जस्तो,गफ गरे जस्तो, कल्पना गरे जस्तो, एकैछिन इमोशनल भै कस्सिए जस्तो। ब्यबसायबाट सफलता प्राप्तिका लागि थुप्रै स-साना इलेमेन्ट अर्थात तत्वहरु उत्तिकै महत्वपुर्ण र जिम्मेवार हुने गर्दछ। यस्ता कुराहरुमा हेक्का राख्न सक्नु भएन, बेवास्ता गर्नु भयो भने ब्यापार ब्यबसायबात डुब्न र डुबेपछि उत्रन सितिमिति महाकाल हुनसक्छ। अघिल्लो हप्तातिर प्रमिस गरेको थिए के के कारणहरु हुनसक्छन अमेरिकामा ब्यापार, ब्यबसाय डुब्ने भन्ने लेख लेख्छु भनेर।
आज त्यहि लेख लेख्दैछु जुन प्रतिबद्दता गरेको थिए। अमेरिकामा ब्यापार, ब्यबसाय र उध्धम डुब्ने वा फेलियर हुने यि कारणहरुको यस लेखबाट ब्यबसाय गर्न इच्छा शक्ति बोकेर बसेका, ब्यबसाय गर्दै गरेका सबैलाइ काम लागोस भन्ने मेरो हेतु हो।
१) आइडिया नहुनु सम्बन्धित ब्यबसायमा।
२) सिड मनिको अभाव।
३) रिभल्बिङ्ग अर्थात ब्याक अप मनिको अभाब।
४) अपरेशनल इनइफिसेन्सि अर्थात सन्चालन क्षमताको अभाव।
५) डिफङ्गसनल म्यानेजमेन्ट अर्थात लथालिङ्ग ब्यबस्थापन।
६) सफलताको योजनाको अभाव।
७) लेखा एबम आर्थिक हिसाबकिताबमा कमजोरि।
८) सानो छाति, सानो चित्त गर्नु।
९) सानै जोखिम र समस्यामा आत्तिनु।
१०) फ्राइन्ड्लि ब्यबहार नहुनु।
११) अल्छि हुनु।
१२) सानै काम, स-सानै कुराहरुलाइ लत्तो छोड्नु।
१३) क्सासफ्लो र ओभरहेडको तारतम्यता नबुझ्नु।
१४) फेयर डिलिङ्ग गर्न नसक्नु।
१५) भाषाको समस्या।
१६) राज्य एबम सघिय कम्प्लायन्सहरुमा अपडेट नहुनु।
१७) फाइनान्सियलि अर्गानोग्राम मिस्युज्ड अर्थात दुरुपयोग गर्नु।
१८) रकम रकमान्तर र हिनामिना गर्नु।
१९) स्थानिय ग्राहक, आफ्नो टार्गेट ग्रुप उपभोक्ताको पहिचाहन गर्न नसक्नु।
२०) स्थानिय ग्राहक, भेन्ड्रर एबम सम्बन्धित रिलेटेड सस्थाको मानसिकता र चाहना अध्ययन गर्न नसक्नु।
२१) आफ्नो ब्यबसायमा ध्यानकेन्द्रित गर्न नसक्नु।
२२) गलत र डिस अनेष्ट कामदार।
२३) पार्टनर अर्थात टिम इमान्दार नहुनु।
२४) बजार र उपभोक्ताको भेग नपाउनु।
२५) प्रबिधि र नेटवर्कलाइ इग्नोर गर्नु।
२६) समयको महत्व बुझ्न नसक्नु।
२७) प्रफित क्यास फ्लोलाइ क्यास गर्न नसक्नु।
२८) ब्यबसायिक आम्दानिलाइ ब्यबसायकै अपडेट, प्रमोट र थप लगानि गर्न नसक्नु।
२९) फोन, इन्टरनेट, सामाजिक सन्जाल, भाइसाथि, भोज पार्टीमा लिप्त हुनु।
३०) ब्यबसायिक कामबाट डिष्ट्र्याक्ट हुनु।
३१) महत्वाकाक्षि नबन्ने तर धेरै इमोशनल हुने।
३२) आफु साहु भएको घमन्ड गरि ससाना काम गर्दै नगर्ने।
अरु थप पनि होलान भरताल गर्ने चाहि तपाइहरुको काम।
भनेको कुरा बुझ्नु भयो होला। अल्छि, गुड्डी हाक्ने, औकात भन्दा माथिको फाइफुट्टी लगाउने, मालिक बनेर अरुलाइ हेप्ने र श्रमको सम्मान नगर्नेहरु डुब्छन।












