संघिय समाजवादी फोरम नेपाल पार्टि द्धारा शुभकामना अदान प्रदान कार्याक्रम सम्पन्न

प्रकाशित मिति:

इमरान खान
कपिलवस्तु २८ आशिवन । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाको नगरपालिका हलमा सम्पन्न संघिय समाजवादी फोरम नेपाल पार्टि द्धारा दशै, दिपावली तथा छठ पर्बको उपलक्ष्यमा शुभकामना तथा चियापान कार्याक्रम सम्पन्न भएको छ । कार्यक्रमा शैलेलेन्द्र कुमार यादवको अध्यक्षतामा तथा प्रमुख अतिथि संघिय समाजवादी फोरम नेपाल पार्टिका केन्द्रिय सदस्य, प्रदेश नं. ५ का प्रदेश इन्चार्ज तथा ५ नं. प्रदेशका बिधायक सहस राम यादव बिशिष्ठ आतिथि जिल्ला प्रमुख अधिकारी अर्जुन प्रसाद पोख्रेल, जिल्ला प्रहारी प्रमुख मनोज कुमार यादव, जिल्ला सशस्त्र प्रहरी प्रमुख, मधेश मानव आधिकारका उपाध्यक्ष राम दयाल ठाकुर, नेपली काग्रेसका प्रतिनिधि माधव पराजुलि, नेकपा का जिल्ला उपाध्यक्ष बाबुराम खनाल, संघिय समाजवादी फोरम नेपाल पार्टि ५ नं. प्रदेश प्रवतm एवम युवा नेता अकरम पठान, त्यस्तै गरी फोरम नेपाल पार्टिका जिल्ला सचिव तथा मायादेबी गाँउपालिका प्रमुख बजरगी चौधरी, ५ नं. प्रदेशका मुख्य सचिव अब्दुल रसिद खाँ, पार्टिका जिल्ला युवा नेता इरफान खान , कृष्णनगर वडा नं. २ इकाई उपाध्यक्ष राहुल मोदनवाल लगायतका उपस्थितीमा दशै, दिपावली तथा छठ पर्बको उपलक्ष्यमा शुभकामना शुभकामना अदान प्रदान भएको थियो । कार्यक्रमकै क्रममा वक्ताहरु बोल्दै यो सबिधान त्रुटिपुर्ण रहेकोले यस सबिधानलाई नसच्याए सडक देखि सदन सम्मा संघर्ष गर्ने चेतावानी दिएका थिए ।