झविन्द्र भण्डारी, गुल्मी, चैत्र १६ ।
धुर्काेट गाउँपालिकाले १०० वेडकाे क्वारेन्टाइन तयार गरेको छ । गाउँपालिका अन्तर्गतका ७ वटै वडामा गरि १०० वेडकाे क्वारेन्टाइन तयार गरिएको हाे । वडा नं. १ काे नयाँगाउँ माविमा १०, वडा नं. २ काे ज्ञानाेदय र गणेश माविमा १०,१० गरि २०, वडा नं. ३ काे निन्युखर्क र साेमरभाेमरमा १०, १० गरि २०, वडा नं. ४ काे पाञ्चायन माविमा १०, वडा नं. ५ काे धुर्काेट परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा १०, वडा नं. ६ काे धुर र इन्दिरा माविमा १०, १० गरि २० र वडा नं. ७ काे वाग्ला माविमा १० गरि १०० वेड तयार गरिएको छ ।
क्वारेन्टाइनका लागि विस्तारा लगायतका सम्पूर्ण सामाग्री ७ वटै वडामा पठाइसकेकाे अध्यक्ष भुपाल पाेखरेलले बताउनुभयो । त्यस्तै स्वास्थ्यकर्मीकाे सुरक्षालाई ध्यान दिदै अावश्यक पर्ने विभिन्न सामाग्री समेत उपलब्ध भइसकेकाे अध्यक्ष पाेखरेलले बताउनुभयाे । हालसम्म धुर्काेट परमानन्द भण्डारी बहुमुखी क्याम्पस वस्तुकाे क्वारेन्टाइनमा भारत बाट अाएका ५ र निन्युखर्क मा.वि हाडहाडेमा भैरहवा वाट अएका ५ गरि १० जनालाई व्यवस्थित रूपमा क्वारेन्टाइनमा राखिएको छ । राखिएका सवैकाे स्वास्थ्य अवस्था सामान्य रहेका सि.अ.हे.व डिल्लिराज पराजुलीले बताउनुभएको । वस्तुको क्वारेन्टाइन निकै व्यवस्थित छ विस्तारा, डस्टविन, साबुन, बाल्टि तथा इन्टरनेट, रेडियो, बच्चा हरूका लागि खेलाैना राखिएकोले उनिहरूले कुनै किसिमकाे मानसिक तनाव नलिएकाे पराजुली बताउनुहुन्छ ।
हाडहाडेकाे क्वारेन्टाइनमा समेत व्यवस्थित गरिएको छ । गाउँपालिकाले विभिन्न सङ्क्रमित देशबाट अाउनुभएका व्यक्तिकाे पहिचान गरेकाे छ । जसमध्ये वडा नं. १ मा ४९ जना, २ मा ४० जना, ३ मा ११ जना, ४ मा १९ जना, ५ मा ३१ जना, ६ मा २९ जना र ७ मा २० जना गरि १९९ जना रहेका छन । हालचालै अाएका व्यक्तिलाई क्वारेन्टाइनमा राखिने र केही पहिला अाउनु भएकाहरूलाई निगरानी गरि घरमै सुरक्षित रूपमा वस्नका लागि गाउँपालिकाले अाग्रह गरेकाे छ । गाउँपालिकाले सबै वडामा खाद्यान्न संकट हुन नदिन तथा विपन्न परिवारकाे पहिचान गरि अावश्यक सहयाेग गर्ने तयारी गरिरहेकाे छ ।












