डा रविन्द्र पाण्डेय । कोरोना संक्रमण सुरु भएपछि मृत्यु भएका व्यक्तिबारे शंका, तिरस्कार, भ्रम तथा त्रास उत्पन्न भएको छ यस्तो समयमा भएका मृत्युको विवरण सरकारले समयमै स्पष्ट गर्नुपर्छ पहिले मृत्यु हुने अनि रिपोर्ट कुर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ हामीले बुझ्नु पर्छ कि प्रत्येक दिन र हप्तामा मान्छेको मृत्यु पहिले पनि हुन्थ्यो विभिन्न उमेर समुहका व्यक्तिको निधन हुन्थ्यो अहिले पनि जन्म र मरण भइरहेको छ अहिले भएका हरेक मृत्यु कोरोनासंग जोड्नु हुँदैन ,कुनै पनि व्यक्तिको मृत्यु भयो भने त्यो परिवारलाई तिरस्कार गर्ने, सहयोग नगर्ने, सान्त्वना नदिने तथा लास नउठाउने जस्ता अमानविय काम हामीले गर्नुहुँदैन ्मृत्यु हरेक घरमा हुन्छ, छिटो र ढिलो मात्र हो , आजको हाम्रो व्यवहार भोलि आफ्नो लागि प्रत्युपादक नहोस् भन्ने हामीले हेक्का राख्नुपर्दछ , विदेशबाट नेपाल आएका आफ्ना छिमेकीलाई तिरस्कार गर्ने, लखेट्ने, नछुनेजस्ता व्यवहार नगरौं यो देशमा जति हाम्रो अधिकार छ, उहाँहरुको त्यति नै अधिकार छ उहाँहरुलाई सबैले मद्दत गरेर १४ दिन क्वारेन्टाइनमा राखौं ्त्यो अबधिमा बिरामी भए उपचारको लागि सहयोग गरौँ हामीले के बिर्सिनु हुँदैन भने नेपाल रेमिट्यान्सले चलेको देश हो , हाम्रो गाउँमा आएका टेलिभिजन, मोबाइल फोन, कपडादेखि हरेक कुरामा उहाँहरुको ठूलो देन छ नेपालमा विपद पर्दा उहाँहरुले गरिरहनु भएको सहयोग भोलि पनि हामीलाई आवश्यक पर्दछ सरकारले नेपाल आउन चाहाने संसारको जुनसुकै कुनामा रहेको नेपालीलाई आफ्नो देश आउने बाताबरण सिर्जना गर्नुपर्छ , विपदको बेला सबैले आफ्नो घर सम्झिन्छौँ देश भनेको आफ्नो घर हो , उहाँहरुलाई ल्याएर १४ दिन अनिबार्य क्वारेन्टाइनमा राखेर आफ्नो थातथलो जाने बाताबरण प्रदान गर्नुपर्दछ , यो बिपद्पछि धेरै नेपाली नेपालमै रहुन भनेर सरकारले गाउँमा अवसरको सिर्जना गर्नुपर्दछ












