दुवै थुंगालाई माला उन्ने धागोको भुमिका निर्बाह गरिरहेको छु : विश्वप्रकाश शर्मा

प्रकाशित मिति:

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी प्रवत्ता भएर आफुले कुनै समुहको एकलौटी प्रचार नगरेको दावी गर्नुभएको छ । ताप्लेजुङमा पार्टी कार्यकर्तालाई सम्वोधन गर्दै शर्माले फुलका थुंगा उन्ने धागोको काम आफुले गरिरहेको बताउनुभयो । पार्टी भित्रको आन्तरिक विवादले कार्यकर्तालाई निरास बनाएको भन्दै जिल्लाका अगुवा कार्यकर्ताले गरेको गुनासोको जवाफ दिंदैं उहाँले भन्नुभयो मैलेपनि सभापतिलाई गाली गरें भने ताली पाउँछु रामचन्द्रलाई गालि गरे भने पनि ताली पाउछु तर त्यो गर्ने पक्षमा छैन यी दुवै थुंगालाई माला उन्ने धागोको भुमिका निर्बाह गरिरहेको छु । आफु जसोजसो भएको छ, त्यो मात्रै भन्नकालागि प्रबत्ता नभएको शर्माको दावी थियो । नेपाल कम्युनिष्ट पार्टी आफुहरुले चाहेभन्दा चाँडै पतनको बाटोमा गएकाले माला उन्ने कामलाई तिब्रता दिने उनको भनाई थियो । काग्रेस रुपान्तरणमा ढिलो गर्न नहुने भन्दै प्रवक्ता शर्माले त्यो अभिारा आफुहरुले पुरागर्नेमा कार्यकर्तालाई विश्वास दिलाउने प्रयास गरे ।