काठमाडौं/ थापाथलिमा रहेको प्रसूती तथा स्त्री रोग अस्पतालका निर्देशक डाक्टर जागेश्वर गौतम कोरोना संक्रमित महिलालाई सुत्केरी गराउने छुट्टै कक्ष व्यवस्थापन गरिएको बताएका छन् ।डा गौतमले कोरोना संक्रमित गर्भवती महिलाको लागि अस्पतालले छुट्टै स्थानमा डेलीभरी लगाउने व्यवस्था मिलाएको जानकारी दिएका हुन् ।
डा गौतमले अस्पतालमा गर्भवतीको सामान्य र आकस्मिक डेलभरीको सेवा सुचारु रहेको पनि जानकारी दिए । उनले कोरोना संक्रमित महिलाको लागि पनि छुट्टै डेलीभरी गर्ने कक्षको व्यवस्थापन गरी चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पीपीईको पनि व्यवस्थापन गरिएको बताए । डा गौतमले घरमै रहेका गर्भवती र सुत्केरी महिलालाई आफ्नो केयरमा ध्यान दिन पनि आग्रह गरेका छन् ।खबरहब बाट साभार










