ओखलढुंगा । नेपाली कांग्रेसले गाँउ बस्तीमा पुगेर नागरिकलाई विकास र समृद्धिमा जोड्ने अभियानमा लाग्नु पर्ने कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा डिला संग्रौलाले आग्रह गरेकी छन् । विकास र समृद्धिको अभियान लिएर ओखलढुंगा आइपुगेकी माननीय डा संग्रौलाले सिद्धिचरण नगरपालिका वडा नम्बर ३ को पार्टी कार्यालय उद्घाटन गर्दै यस्तो बताएकी हुन् ।
नेपालमा दुइ तिहाई बहुमतको सरकारले हत्या हिंसा, बलत्कार, सुन तस्कर जस्ता अपराधीहरुलाइ कारवाही गर्नको सट्टा संरक्षण गरेको भन्दै वर्तमान सरकारलाई सचेत गराउन आम नागरिहरु जागरुप हुनुपर्ने बताइन । नेपाली कांग्रेस इतिहास देखि बर्तमान अवस्थासम्म आइपुग्दा नागरिकको पक्षमा उभिएको भन्दै उनले कांग्रेसले एक दुइ पटक चुनाव हार्दैमा आत्तिनु नपर्ने बताइन् ।
कांग्रेसका नेता देखि कार्यकर्तासम्म अब गाँउ बस्तीहरुमा पुगेर नागरिकलाइ शान्ति समृद्धि र विकासको बाटोमा उभ्याउन र समृद्ध समाज निर्माणमा लाग्न उनले आग्रह गरिन ।
त्यस्तै कार्याक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति प्रदीपकुमार सुनुवार, उपसभापति तेजेन्द्र खनाल, महासमिति सदस्य डिल्ली खनाल, नेपाली कांग्रेस मोरङका नेता राजु मास्के, महिलासंघ तरुणदल, नेविसंघ, नेपाल प्रेस युनियनका केन्द्रीय तथा जिल्ला तहका नेताहरुले नेपाली राजनीतिको रहेक कठिन परिस्थितमा नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको बताए ।
वर्तमान सरकारको दुई तिहाईको रबैयाका विरुद्धमा आफुहरु डटेर लाग्ने र समृद्ध मुलुक निर्माणको अभियानलाइ सार्थकता दिने कांग्रेसका नेताहरुले बताएका ।
नेपाली कांग्रेस सिद्धिचरण नगरपालिका वडा नम्बर ३ नारायणस्थाले आयोजना गरेको शुभ– कामना आदान प्रदान तथा पार्टी कार्यालय उद्घाटन कार्यक्रम वडा सभापति रामबाबु खनालको अध्यक्षता तथा केन्द्रीय सदस्य डा. डिला संग्रौलाको प्रमुख आतिथ्यातामा भएको थियो ।
डा संग्रौला प्रदेश नम्बर १ का सबै जिल्लामा पुग्ने र नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु लाइ गाउ समाजको विकास र समृद्धितर्फ उन्मुख गराउने अभियानमा छन् ।












