मदाने गाउँपालिका ६ पनाहा निवासी ३२ वर्षीय दुर्गा नेपालीले श्रीमतीको हत्या गरी फरार भएका छन् ।नेपालीले शुक्रवार बिहान ३१ वर्षीया सीता नेपालीलाई कुटपिट गरेर हत्या गरी फरार भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दिपकुमार बस्नेतले जानकारी दिए । श्रीमतीको हत्या गरी फरार भएका दुर्गाको खोजी कार्य भइरहेको उनले बताए ।घटनाबारे थप बुझनको लागि प्रहरी उपरीक्षक बस्नेतसहित जिल्लाबाट टोली घटनास्थलतर्फ लागेको छ । घटनाबारे थप जानकारी अनुसन्धान पछि मात्रै खुल्ने एसपी बस्नेतले जानकारी दिए ।










