तिर्थराज ज्ञवाली – साउन ५, मसुरीया देउखुरी दाङ , वर्षा यामको मध्य समयमा दाङ जिल्लाको देउखुरी उपत्यका अन्तरगत राप्ती गाउँपालिका वडा नं ३ मा बृक्षरोपण गरिएको छ ।
मसुरीया स्थीत घण्टदेव सामुदायिक बनको करिव ३ हेक्टर खाली जग्गामा बन प्रजातीको बोट विरुवाहरु रोपण गरिएको हो
खाली ठाँउ राख्दा अतिक्रमण हुन सक्ने, चरी चरन बड्ने गर्दा बनको हैसीयत बिग्रन सक्ने भएकोले बृक्षरोपण गरेको बनका अध्यक्ष दल बहादुर घर्तिले जानकारी दिनु भएको छ ।
जमिनमा उपभोक्ताको सक्रियतामा बकाईनो, सिमल, जामुन, ईपील लगाएतका विरुवा लगाईएको बताईएको छ ।
स्थानिय नर्सरी तथा डिभिजन बन कार्यालयले सञ्चालन गरेका नर्सरीमा उत्पादन भएका २ हजार बोट विरुवा रोपण गरिइएको अध्यक्ष दल बहादुर घर्तिले जानकारी दिनु भएको छ ।












