रोटरी क्लव अफ लुम्बिनी स्टार्सको दोस्रो क्लब असेंबली र ३१ औं नियमित बैठक सम्पन्न

प्रकाशित मिति:

रोट्रयाक्ट क्लवहरुका पुर्व अध्यक्षहरु मिलेर स्थापना भएको रोटरी क्लव अफ लुम्बिनी स्टार्सको दोस्रो क्लब असेंबली र ३१ औं नियमित बैठक सम्पन्न भएको छ । ओडान रेष्टुरेन्ट र लाउज बारको हलमा भएको दोस्रो क्लब असेंबलीमा क्लवका अध्यक्ष रो बालकृष्ण पाण्डेले सन् २०२०(२०२१ को आगामी कार्य योजना बारे जानकारी गराउनुभयो । यसैगरि क्लबका सम्पुर्ण कमिटि सदस्यहरुले बिगत जुलाई महिनाको कार्य बारे सम्पुर्ण जानकारी गराउनु भयो।

रोटरी डिष्ट्रिक्टका जोन २०का एसिस्टेन्ट गभर्नर राज कुमार गुप्ताले पुर्व अध्यक्षहरु मिलेर स्थापना भएको क्लवले समाजमा सकारात्मक सन्देश दिएको बताए संगै बिगतमा गरेका सम्पुर्ण कार्यहरु उतक्ष्ठ भएको बताउनु भयो । गुप्ताले यस क्षेत्रमा रोट्रयाक्टबाट नेतृत्व गर्दै अनुभव बटुलेर आएका सक्रिय सदस्यहरुले समाजमा उदाहरणीय कार्य गर्न समेत सुझाव दिनुभयो । विभिन्न डाइरेक्टर अन्र्तगत रो रितेश ज्ञवाली, रो विस्नु रसालि, राजिब गौतम र उपाध्य रो मोहन न्यौपानेले जुलाई महिनाको कार्य गतिविधी सँगै योजनाहरु प्रस्तुत गर्नुभएको थियो ।

साथै सचिव रिपोर्ट विक्रम क्षेत्रि र टे्रजरर रिपोर्ट धुर्व कोईराला प्रस्तुत गर्नुभयो । क्लवका अध्यक्ष रो बालकृष्ण पाण्डेको अध्यक्षतामा सम्पन्न असेंबलीमा एसिस्टेन्ट गभर्नर राज कुमार गुप्ताको आतिथ्यतामा भएको हो । नियमित बैठक तथा ३१ औं असेंबली मेम्बर बालकृष्ण पोख्रेलको धन्यवाद ज्ञापन तथा सचिव विक्रम क्षेत्रिको संचालनमा सम्पन्न भएको हो

थप समाचार