कालीगण्डकीका किसान व्यावसायिक खेतीपातीमा आकर्षित आले दम्पतीले गाउँमै गोलभेडा फलाउँदै
स्याङ्जा – १७ असोज २०७७। कालीगण्डकी गाउँपालिका वाड नं ३ लम्बेक निवासी दिलिप आले लालपाते साईला र लाल कुमारी आलेले टनेल बनाई गोलभेँडा खेती गरी गाउँमै सुन फलाउन सफल भएका छन्।
आले दम्पतीले फलाउनुभएको गोलभेडाले बजार अभावका कारण यथेष्ट रूपमा व्यापार गर्न नसकेको गुनासो सुनाउनु भएको लम्बेकबाट दिपक प्रकाश घिलेले बताउनुभएको छ।गाउँमै उद्यम गर्ने उद्यमी हातलाई सबैले सलाम र सम्मान गरौ र स्थानीय उत्पादनको उपभोग गरी थप प्रोत्साहन समेत गरौं भन्दै घिलेले बजार व्यवस्थापनमा सहयोग पुर्याउन सम्बन्धित सरोकारवाला निकायलाई सादर अनुरोध गर्नुभएको छ।।












