कालीगण्डकी एग्रीकल्चर रिसर्च & टुरिजम बिजनेस प्रालिको फर्ममा इजरायली ग्रेड नाइन केरा हुर्कदै
मिन थापा मगर – स्याङ्जा : २१ असोज २०७७ , कालीगण्डकी एग्रीकल्चर रिसर्च & टुरिजम बिजनेस प्रालिको कृषि फर्म कालीगण्डकी गाउँपालिका – ३, निरामशिल स्थित झाँकिर्थानमा हुर्केदै गरेको केराको बिरुवा हुन् यिनी । हुर्कदै गरेका केराको बिरूवा अहिले तीन ३ महिनाका भएका छन् ।
रोपेको ९ देखि १२ महिनामा फल दिने भएकाले यसको नाम इजरायली ग्रेड नाइन राखिएको एग्रीकल्चर प्रालिका प्रमुख डोलराज पाण्डेले बताउनुभएको छ। तीन महिना अगाडी एक हजार केराको बिरुवा लगाइएकोमा ५० जति बिरुवा बाहेक अरु सबै बिरुवा हुर्केको पाण्डेले बताउनुभयो। केराको फेंद वरिपरि देखिएका विरूवा मास र भटमासका विरूवा हुन् ।
यसैबिच परम्परागत कृषि प्रणाली सँगसँगै व्यावसायिक कृषिमा पनि स्थानीयले ध्यान दिएमा कृषिबाट मनग्य आम्दानी गर्न सकिने अवसर सिर्जना हुनेमा कुनै संका देखिदैन ।यहि कुरालाई मध्यनजर गर्दै हाल स्थानीय सरकार कालीगण्डकी गाउँपालिकाले पनि कृषिलाई प्राथमिकता राखेर विभिन्न कार्यक्रम गर्दै आइरहेको छ।कृषक पाण्डेले स्थानीय कृषि प्राविधिकहरूबाट आवश्यक प्राविधिक सल्लाह र सुझावको पनि अपेक्षा गरेको बताउनुभएको छ












