नवलपरासी – असोज २२ । इन्द्रेणी सामाजिक विकास मंच पंचनगरले पाल्हीनन्दनमा अपाङ्गता भएका घरधुरीलाई विभिन्न स्वास्थ्य उपकरणहरु वितरण गरेको छ । कोरोना महामारी विरुद्ध लड्नका लागि अपांगता भएका घरधुरीलाई स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।
इन्द्रेणी सामाजिक विकास मंच पन्चनगरका अध्यक्ष बद्री सुबेदिको अध्यक्षता तथा पाल्हिनन्दन गाउपालिका वडा न० ६ का वडा अध्यक्ष कृष्ण चन्द्र यादवको प्रमुख अतिथिक्ता तथा वडा सदस्य अनिता सहानी , लवाङी हरिजनको अतिथिक्ता , तथा सामाजिक परिचालक सन्दीप बि०क० तथा राधेरमण तिवारीको उपस्थितिमा सम्पन्न भएको छ ।
पाल्हीनन्दन गाउँपालिका वडा नं। ६ को सनईमा ३५ जना अपांगता भएको घरधुरीलाई लक्षित गरी स्वास्थ्य सामाग्री वितरण गरिएको इन्द्रेणी सामाजिक विकास मंचका सामाजिक परिचालक सन्दीप बि क ले जानकारी दिनुभयो । एक घरधुरीलाई करिव २ हजारका दरले ३५ घरधुरीलाई ७० हजार मुल्य बरावरका स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । युनाइटेड मिसन टु नेपालको सहयोगमा जिल्लाका पाल्हीनन्दन र प्रतापुर गाउँपालिकामा इन्द्रेणी सामाजिक विकास मंच पंचनगरले परियोजना संचालन गरिरहेको बि०क० ले जानकारी दिनुभयो ।












