ग्रामिण बचत तथा ऋण सहकारी संस्था को २७ औं बाषिक साधारणसभा तथा निर्वाचन कार्यक्रम सम्पन्न,
ग्रामिण बचत तथा ऋण सहकारी संस्था बर्दघाट ४ बर्दघाटको २७ औं बाषिक साधारणसभा तथा निर्वाचन कार्यक्रम सम्पन्न भएको छ । साधारणसभा कार्यक्रम सहकारीका अध्यक्ष रविन्द्र विक्रम हमालको अध्यक्षता र जिल्ला सहकारी संघका अध्यक्ष विष्णु पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले ग्रामिण सहकारीले बचत तथा ऋणको क्षेत्रमा उत्कृष्ट काम गर्दै आएकोमा अव उत्पादनको क्षेत्रमा पनि सफल कार्यक्रम बनाएर अगाडि बढ्न आग्रह गर्नुभएको थियो ।
पौडेलले नेपालमा सहकारीको अवस्था हेर्दा बचत संकलन गर्ने र ऋण लगानी गर्ने क्षेत्रमा फड्को मारीसकेको अवस्था रहेको उल्लेख गर्दै अवको दिनमा यतिले मात्र नपुग्ने भन्दै सहकारीहरुले अब फरक ढंगले काम गर्नुपर्ने बताउनुभएको थियो । सहकारीबाट ऋण लिएपछि उद्देश्य अनुसारको काम गरेर त्यसबाट प्राप्त मुनाफाले ब्याज र किस्ता तिर्न सकेमा मात्र सदस्यहरु सफल हुने बताउनुभएको थियो । कार्यक्रममा विशेष अतिथिको रुफमा बोल्दै जिल्ला सहकारी संघका उपाध्यक्ष बृहस्पती अधिकारीले ग्रामिण सहकारी यस क्षेत्रको नमुना सहकारी भएको उल्लेख गर्दै अव सहकारीले छरिएर रहेको पुँजीलाई एकिकृत गर्दै उत्पादनमा जोडिनुपर्ने बताउनुभएको थियो । अहिले सहकारीले बढि भन्दा बढी शेयर सदस्यका आवश्यकता परिपुर्ति गर्नका लागि एकिकरणमा जानुको विकल्प नरहेको समेत बताउनुभएको थियो । जिल्ला सहकारी संघले पनि उत्पादनलाई प्रोत्साहन गर्नका लागि सुनवल नगरपालिकामा नेपालमै पहिलोपटक अत्याधुनिक प्रविधि प्रयोग गरीएको चिस्यानकेन्द्र निर्माण कार्य भैरहेको अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा बर्दघाट नगरपालिकाकी उप प्रमुख मायादेवी पौडेल, सरिता खनाल, पत्रकार कृष्ण ढकाल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा सस्थाको प्रगति विवरण तथा प्रताविक बार्षिक निति तथा कार्यक्रम सस्थाका सचिव कृष्ण हरि पौडेलले गर्नुभएको थियो भनेसस्थाका कोषाध्यक्ष सुरज केसीले ६२ करोड ८४लाख २४ हजार २ सय ६० रुपिया बराबरको आर्थिक आय ब्यय विवरण प्रस्तुत गर्दै सस्थाले यस आर्थिक बर्षमा १ करोड ५६ लाख ५९ हजार ९ सय ७९ रुपिया शुद्ध नाफा गर्न सफल रहेको बताउनुभएको थियो । त्यस्ते लेखा तथा सुपरिवेक्षण समितिको प्रतिबेदन लेखा समयोजक बोध प्रसाद पाण्डे, ऋण उपसमितिको प्रगति प्रतिबेदन ऋण उपसमितिका समयोजक भेषराज पौडेल, शिक्षा उपसमितिको प्रतिबेदन शिक्षा उफसमितिका समयोजक राधा ढकाल, महिला उफसमितिको फ्रतिबेदन महिला उपसमितिकी समयोजक मञ्जु भट्राईले प्रस्तुत गर्नुभएको थियो ।
ससथाका उपाध्यक्ष देवी प्रसाद अधिकारीको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सस्थाका सचिव कृष्ण हरि पौडेलले गर्नुभएको थियो । सोही अवसरमा सम्पन्न साधारण सभाले देवि प्रसाद अधिकारीको नेतृत्वमा नया सञ्चालन समिति सर्वसंम्तरुपमा चयन गरेको छ । जसको उपाध्यक्षमा सुरज के।सी।, सचिवमा राधा ढकाल, सह –सचिवमा देवि दत्त सापकोटा र कोषध्यक्षयमा मुरली कृष्ण खनाल रहनुभएको छ । त्यसै गरि सदस्यमा कृष्ण प्रसाद गौतम, छविलाल तिमिल्सिना, कमला कण्डेल, किशोर रत्न वैधाचार्य, बसन्ती कुमारी थापा, वम बहादुर थापा, कोपिला कण्डेल र कमला गिरी रहनुभएको निर्वाचन मण्डलका संयोजक रामकृष्ण पौडेलले जानकारी दिनु भएको छ । त्यस्तै संस्थाको लेखा सुपरिवेक्षण समितिका संयोजकमा वोध प्रसाद पाण्डे सयोजक रहेको ३ सदस्य समिति सर्वसम्मत चयन गरेको छ जसको सदस्य रमा खनाल र राज कुमार वि।क चयन हुनुभएको छ ।












