लुम्बिनीमा आज पनि त्रिपिटक बाचन जारी

प्रकाशित मिति:

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आज पनि त्रिपिटक बाचन जारी रहयो । बुधबारदेखि शुरु भएको त्रिपीटक वाचन आज पनि जारी रहेको थियो । मायादेवी मन्दिरमा पहिलो पटक एकै साथ ७ सय बढीले त्रिपिटक वाचन गर्दा समग्र लुम्बिनी नै बौद्धमय भएको छ । लुम्बिनीको आध्यत्मिक विकासमा टेवा पुर्याउन पहिलो पटक ३ दिने बौद्ध ग्रन्थ त्रिपिटक बाचन समारोह लुम्बिनीमा शुरु भएको हो । शान्ती बगैचा मायादेवी मन्दिर परिसरमै शुरु गरिएको यो कार्यक्रममा बिभिन्न १८ वटा मुलुकका गरि ७ सय जना भन्दा बढीले बौद्ध अनुयायीहरुले सहभागीता जनाएका छन ।

त्रिपिटक भगवान बुद्धले दिएको ज्ञान र शिक्षाको सार संग्रहित ग्रन्थ भएको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष एवम आयोजक भिक्षु मैत्रीले बताए । अपि धम्मपिटक, सुत्तपिटक, विनयपिटक गरि त्रिपिटक नामाकरण गरिएको र अपि धम्मपिटक, सुत्तपिटक भगवान बुद्धकै पालामा लेखिएको र विनयपिटक दोश्रो शताब्दी ईशापूर्व सम्राट अशोकको पालामा लेखिएको बौद्ध ग्रन्थ हो । अमेरीकन बुद्धिष्ट एशोसिएसन, अखिल नेपाल भिक्षु महासंघ, थाई बुद्ध विहार लुम्बिनी र लुम्बिनी बिकास कोषको संयुक्त आयोजनामा कार्यक्रम हुदैछ । बिगत १५ बर्ष देखी भारतमा मात्र भैरहेको यो आध्यत्मिक कार्यक्रले लुम्बिनीको आध्यत्मिक, सांस्कृतिक महत्व अझ बढाउने र पर्यटकहरुको चहल पहलमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।