पुस माघको कठ्याङ्गृने जाडोलाई सामना गर्दै चलेको दैनिकीमा हिन्दु धमावलम्बिका लागि धार्मिक र आस्था अर्को दिनचर्यामा जोडिन सधैको बर्ष जस्तै यो बर्ष नि स्वस्थानी ब्रत आईपुगेको छ । प्रायः नेपालमा मात्रै विशेष महत्वका साथ मनाईने यो व्रतमा स्कन्द पुराण अन्तर्गतको माघ महात्म्यमा नेपालका विभिन्न तीर्थ तथा धार्मिक स्थल नदि पर्वत गुफा आदिको बर्णन गरिएको पाईन्छ तेसैले पनि यो नेपालीहरुका लानी महत्त्वपूर्ण च भन्ने लाग्दछ ।
ज्योतिषी गणना अनुसर महिना दुई प्रकारका हुने गर्दछ्न एक सूर्यलाई आधार मानेर जुन हाम्रो गते र तरिक चलिरहेको छ भने अर्को हो चन्द्रमा लाई आधार मानेर जुन ज्योतिषमा अत्यावश्यक मानिने तिथिहरु । तिनै तिथिहरुलाई नै आधार मानेर हाम्रा धार्मिक चाड पर्व हरु रहेकाछ्न । जस मध्ये रहेकोछ स्वस्थानी व्रत । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी ब्रत यो बर्ष भने माघ १५ बिहीबार पूर्निमाका दिन देखि सुरु हुँदैछ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीका दिन हात खुट्टाका नङ काटी स्नान गरी शुद्ध भएर बसि अर्को दिन पूर्णिमाको दिन बिहान माघ स्नान नजिकका तीर्थमा स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराण अन्तरगतको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको श्रीस्वस्थानी ब्रत कथा सुन्ने सुनाउने परम्परा छ । जुन कथा नेपालकै सेरोफेरोको रहेकोले पनि नेपालीका लागि निकै रोचक बनेको छ ।
पूर्ण एक महिनासम्म यो व्रत पुजा विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन अर्थात समापनका दिन ( १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, बस्त्र, भेटी चढाइ ब्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ । र १०८ नै ब्रह्मणलाई भोजन दक्षिणा दिईन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ÷आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवम् मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनेर नजिकको पवित्र नदीको पानी बगाउने र सय रोटी ब्रतालु आफैँले आहार गरी रातमा जाग्राम भजन सङ्कृतन गर्ने साथै जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा ब्रतालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने शास्त्रोक्त कथन रहेको छ । स्वस्थानीको शाब्दिक स्व आफोनो स्थानी ठाउमा भन्ने बुझिन्छ र अर्को अर्थमा आफू बसेको स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले यस्ता व्रत पुजा यज्ञ यगादी गरिन्छ ।
स्वस्थानी माताको स्वरुप सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रशन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवि भनेर शास्त्रमा बर्णन गरिएको छ । स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भन्ने ग्रन्थगरुमा प्रमाण पाईन्छ । ध्यान र श्रद्धा पूर्वक स्वस्थानी माताको विधिपूर्वक ब्रत गरेमा विवाह नभएकाहरुको बिबाह हुन्छ बिबाह भैकन बिछोड भएकाहरुको पुनः मिलन हुन्छ भन्ने विश्वास छ । रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ । विभिन्न कथा हरु मध्ये सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाउँ भनी विष्णुको निर्देशानुसार यिनै देवी स्वस्थानीको ब्रत गरेको कथा स्वस्थानी कथामा वर्णन सुन्न पाईन्छ । ब्रतपछि बिछोडमा परेका नाग नागिनीको समेत पुनर्मिलन भएको कथामा उल्लेख छ । अझै प्रसिद्ध कथा गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको ब्रतविधिअनुसार ब्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र ब्रतकै प्रभावले छोरा नवराज लावण्य देशको राजा भएको र आफू मुमा रानी राजमाताको फल प्राप्त भएको कथा लोकमा निकै प्रसिद्ध छ । आचार्य ज्यो: गोविन्द पाण्डेय। माताआलम देवी ज्योतिष तथा बास्तु परामर्श केन्द्र