रोकिएन महिला हिंसा,, ७ वर्षिया बालिकालाई बलात्कार गर्ने बलात्कारी पक्राउ

प्रकाशित मिति:

सात वर्षीया बालिका बलात्कारको आरोपमा पाल्पामा एक भारतीय युवा पक्राउ परेका छन् ।रामपुर नगरपालिकाकी ७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा बेतिया जिल्ला भारत घर भइ रामपुर–४ भिमसेन टोलमा बसेर काम गर्दै आएका २२ वर्षीय कौशर मियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।हिजो दिउँसो बालिकालाई बलात्कार गरी भागेको अवस्थामा इलाका प्रहरी कार्यालय रामपुरले रामपुर क्षेत्रबाटै उनलाई पक्राउ गरेको हो ।