१११ औं रात्रीकालिन भड्छा महोत्सव सम्पन्न

प्रकाशित मिति:

माघ,सैनामैना- बिगत ११० बर्ष देखि निरन्तर रात्रीकालिन माघी औंसीको रुपमा संचालन हुदै आइरहेको यस बर्षको १११ औं भड्छा महोत्सव तथा माघी औंसी मेला २०७७ सम्पन्न भएको छ। गत माघ २८ गते देखि संचालन हुदै आएको महोत्सव देशकै पुरानो र ऐतिहासिक मेलाको रुपमा लिइएको भड्छा महोत्सव तथा माघी औंशी १० बर्ष अघि सम्म रातीको समयमा एक दिन मेला लाग्दै आएको थियो भने त्यसपछि मेलाको अवधी लम्बाई ३ दिन सम्म भड्छा महोत्सव तथा माघी औंसीको रुपमा मेला लाग्दै आएको हो ।

मेलाको समापन गदै सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले सैनामैनालाई बिभिन्न भाषा,जाती र धर्मावलम्बीहरुको साझा स्थानिय तहको रुपमा बिकास गर्ने गरी बिस्तृत गुरु योजना निर्माण भइहेको बताउनु भएको छ।सैनामैना पुरातात्विक हिसावले पनि सामरिक र अध्ययन स्थल रहेको र सैनामैनाको पर्यटनलाई अझ महत्वपुर्ण बनाउन चक्रपथ निर्माण कार्य पनि थालनि भएको प्रमुख कार्कीले बताउनु भयो । प्रमुख कार्कीले भड्छा महोत्सव सैनमौनाको गरिमा र भविष्यसंग जोडिएको र यस महोत्सवलाई आन्तरिक तथा बाह्य प्रयटनसंग जोड्न यहाँको कला संस्कृति र भाषालाई जिवन्त राख्नु स्थानिय सरकारको नाताले जिम्मेवारी र कर्तब्य भएको बताउदै नगरको सौन्दर्यको रुपमा रहेको विविध भाषा,धर्म,संस्कृति र कलाको संरक्षणमा सम्पुर्ण नगरवासीको पनि उत्तिकै जिम्मेवारी र कर्तब्य भएको बताउनु भएको छ।

महोत्सवमा थारु भाषा,कला र संस्कृतिका झांकी,नृत्य प्रस्तुती संगै विबिन्न बाल उधान र बिधालय स्तरिय लोक नृत्य प्रतियोगिताको समेत आयोजना गरिएको कार्यक्रमको अध्यक्षता रामशरण न्यौपाने तथा संचारकर्मी सुरेन्द्र परियारले कार्यक्रम संचालन गर्नु भएको थियो ।