स्याङजाको कालीगण्डी गाउँपालिकामा नेपाली काग्रेसको जागरण कार्यक्रम शनिबार उद्दघाटन गरिएको छ । गाउँपालिकाभित्र रहेका ७ वटै वडामा जागरण कार्यक्रम गरिनेछ । कार्यक्रमको उद्दघाटन गर्दै संविधान सभा पुर्व सदस्य मोहन पाण्डेले नेपाली काग्रेस बिना मुलुकमा विकास र समृद्धि संभव नरहेको बताउनुभयो । साथै उहाँले वर्तमान सरकारले लोकतान्त्रिक विधि र पद्धति विपरित अगाडि बढीरहेको भन्दै यो कदापी काग्रेस लाई मान्य नहुँने बताउनुभयो ।
कार्यक्रममा संविधान सभा पुर्व सदस्य तथा जागरणका संयोजक राजु थापाले कम्युनष्टि सरकार दुईतिहाई दम्भको आधारमा राष्ट्रियता विपरित चल्न खोजेको आरोप लगाउँदै सरकारका गतिविधिप्रति कागे्रस अव जटेर लागीपर्ने बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेश सभा सांसद भागवतप्रकाश मल्लले स्याङजाको विकासका लागी प्रदेश सदनमा आँफूले कुरा उठाईरहेको भन्दै निर्वाचनका बेला जनतालाई दिईएको वचनवद्धता पुरा गर्ने आश्वासन दिनुभयो ।
कार्यक्रममा क्षेत्र नं २ का सभापति अर्जुनप्रकाश अर्याल, श्यामप्रसाद बस्याल, महेन्द्र श्रेष्ठ, गुरु भट्टराई, देवकुमार मानन्धर, बुद्धिसागर भण्डारीलगायतले बोल्नुभएको थियो । साविक क्षेत्र नं। ३ का सभापति देवबहादुर खांणको सभपातित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव महेश भट्टराईले गर्नुभएको थियो ।










