रोटरी क्लब अफ बुटवलको अगुवाईमा शंकरनगर वनवाटिका क्षेत्रमा रहेको रोटरी चाइल्ड रिसर्च सेन्टरमा ( ट्वाए ट्रेन ) संचालन हुने भएको छ ।क्लबको प्लान अफ एक्सन अनुसार करिब ५० लाखको लागतमा यो परियोजना संचालन गर्न लागेको अध्यक्ष नारायण प्रसाद पन्थले जानकारी दिए । उक्त परियोजनामा रोटरी बुटवल अफ बुटवल , तिलोत्तमा नगरपालिका, तिलोत्तमा ब्यापार संघ तथा शंकर नगर वन विहार तथा रिचर्स सेण्टरको सहभागिता रहने छ । सनिवार वनवाटिकामा भएको छलफलमा तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेले पर्यटन प्रवद्र्धनको लागि ट्वाए ट्रेन प्रभावकारी हुने भएकाले यसमा नगरको सहभागीता रहने बताए ।
क्लवका अध्यक्षनारायण प्रसाद पन्थको अध्यक्षता सचिव दया भन्डारीको संचालन तथा रोटरीयन जे पि कडेलको स्वागतमा भएको कार्यक्रम रोटरी इन्टरनेश्नल जोन एजी कृष्ण प्रसाद अर्याल, क्लवका आईपिपि राजेन्द्र लम्साल, शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बाबुराम अर्याल लागायतले वाल रेलको आवश्यकता रहेको बताउदै यसले पर्यटकलाई आकर्षण गर्ने बताए ।










