हरियाली टोल बिकास सस्थाको अध्यक्षमा हरि पाण्डे

प्रकाशित मिति:

तिलोत्तमा नगरपालिका वडानम्बर(६ स्थित हरियाली टोल बिकास सस्थाको अध्यक्षमा हरि पाण्डे चयन भएका छन्। शनिवार भएको अधिवेशनले पाण्डेलाइ दोस्रो कार्यकालको लागि अध्यक्षमा चयन गरेको हो । सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेको टोल बिकास सस्थाले सामाजिक क्षेत्रमा गहन भुमिका निभाउँदै आएको छ ।

संस्थाको उपाध्यक्षमा शंकर काउचा , सचिवमा बालकृष्ण पौडेल, कोषाध्यक्षमा गिरि प्रसाद भट्टराई , र सदस्यमा नुमाकान्त पाण्डे, ऋषिराम खराल, गोमा पाण्डे लगायत ११ सदस्यीय कार्यसमितिमा चयन भएका छन् । आशा पुन निर्बाचन संयोजक रहेको सो अधिबेशनमा नवनिर्वाचित अध्यक्ष पाण्डेले आगामी दिनमा टोल बिकास सस्थालाई अझै ससक्त रुपमा अगाडि बढाउदै समाजमा भएका बिकाश निर्माण र सामाजिक सद्भावलाइ एकत्रित गर्न सबै दाजुभाइ महिला दिदी बहिनीलाई एकजुट भइ सामाजिक कार्यमा अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए।