८ चैत्र,कञ्चन, रुपन्देहीको कञ्चन गाउपालिकामा क्रियाशिल बिपक्षी राजनैतिक दलहरुले गाउपालिकाको बिभिन्न योजना तथा निर्माण कार्यका लागि कुनै उपभोक्ता भेला नै नगरी एक पक्षिय रुपमा उपभोक्ता समिति गठन गरेको र गाउपालिकाको हरेक योजना तथा निर्माण कार्यको अनुगमन गर्दा बिपक्षी राजनैतिक दल र सर्बपक्षिय अनुगमन टोलीको गठन गरी अनुगमन कार्यलाई पारदर्शी बनाउनु पर्ने भन्दै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीलाई ज्ञापनपत्र दिएका छन । ज्ञापनपत्र बुझाउदै नेपाली कांग्रेस कञ्चन गाउ कार्य समितिका उपसभापति यम बहादुर क्षेत्रीले कञ्चनमा हुने हरेक भौतिक पुर्वाधार तथा अन्य बिकासमा कञ्चनमा क्रियाशिल सबै राजनैतिक दल र बिभिन्न संघसंस्थाहरुलाई चासो र अपनत्व अधिकार भएको तर स्थानिय सरकारले बिपक्षी दल र सरोकारवालाहरुसंग कुनै सरोकार र सहकार्य नगरेको यस्तो गैर जिम्मेवारीपुर्ण कार्यलाई आगामी दिनमा सच्चयाउ आग्रह गर्नु भएको थियो ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी९माओवादी केन्द्र०का पुष्पराज शर्माले एक स्थानिय तहमा एक खेल ग्राम निर्माण गर्ने उद्धेश्य अनुरुप कञ्चन ३ अन्तर्गत धमिनातालमा रहेको गुराँस खेल मैदानलाई कञ्चनको व्यबस्थित खेलग्रामको रुपमा बिकास गर्न बिस्तृत परियोजना प्रस्ताव९डिपिआर० बनाई संघबाट २५ लाख बजेट बिनियोजन भएको तर सो खेल मैदानमा खेलग्राम बनाउन स्थानिय खेलप्रेमी तथा उपभोक्ताहरुसंग कुनै छलफल र समन्वय नगरी उपभोक्ता समिति गठन नगरी कुनै खेलकुदको मापदण्ड बिना खेलकुद पुर्वाधार बनाइएको र कञ्चनका बिभिन्न निर्माण तथा योजनाहरुको अनुगमन गर्दा गाउपालिकाले एकतर्फी रुपमा अनुगमन गर्दै आएको र हरेको निर्माण तथा योजनाहरुको गुणस्तरियतामा ध्यान नदिएको र ती योजनाहरुको अनुगमनका लागि बिपक्षी दल र सरोकारवालाहरु सहितको सर्बपक्षिय अनुगमन टोली बनाउनु पर्ने माग गर्नु भएको छ। ज्ञापनपत्रका लागि राष्ट्रिय जनमोर्चाका लिलाराम खनाल,बिन्दु कुवँर,नेपाल कम्युनिष्ट पार्टी९क्रान्तीकारी०का शेर बहादुर राना,राष्ट्रिय जनमुक्ती पार्टीका रुम बहादुर फौजा,नेपाली कांग्रेसका प्रेमचन्द्र पा्ख्रेल, राम बहादुर थापाको समेत सहभागिता रहेको थियो ।












