रुपन्देहीको सैनामैनामा सवारी दुर्घटना हुंदा २ जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्र्तगत रुपन्देहीको सैनामैना सोरौलीमा बुटवल तर्फ आउदै गरेको बा १८ च ८०१६ नम्बरको (हाइलक्स) कार र विपरित दिशातर्फ जांदै गरेको से ४ प ७७७५ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् । दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको नै मृत्यु भएको हो । मृत्यु हुने तिलक सुनार र खेमबहादुर सुनार रहेको ईलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ ।
ठक्करदिने कार र सडकबाट तल पानीमा खसेको छ । उता पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीस जना घाइते भएका छन् ।महेन्द्रनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख १०९६ नंको बस जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिकै दुर्घटना भएको हो ।दुर्घटनामा परी ३३ वर्षीय लोकेन्द्रबहादुर कार्की तथा अर्का एक व्यक्तिको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक अनोज विकले जानकारी दिए ।घाइतेको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।










