“युद्द भूमि बाट एउटा नर्स को बाबा लाई चिठ्ठी”

प्रकाशित मिति:

बिन्ति छ बाबा यो तीजमा मलाई लिन नआउनुहोला
यसपाली तिथि श्राद्ध चाडपर्व मा यो छोरीलाई नबोलाउनुहोला
यतिबेला मा कर्तव्य ले घेरिएको छ, oxygen cylinder ra bipipe ले बेरिएको छु
काेलाहार र हाहाकार छ बिन्ति बचाऊ को पुकार छ
दिनरात घण्टा मिनेट सेकेन्ड खाली बेडमा,ICU, ventilator को माग छ
हावा किन्नु परेको छ बाबा, लाशै लाश काे थुप्रो मा आफ्नो काे लाश चिन्नु परेको छ
त्रास ले मान्छे लुकिरहेका छन् रोगले भित्र भित्र सुकिरहेछन्
दौडिरहेछन्, चिच्याइरहेछन् महामारिसंग जुधौरी खेलिरहेछन्
यस्ताे महामारीको बेला छ बाबा मा कसरी बिदा लिएर माइतीघर आउ?

हजुरको छोरी जस्तै कयौ छोरी छन् यहाँ
भन्छन् हामी घर बसेऊ भने गर्छन् कसले झन् यहाँ
लाखौं विरामीको धड्कन सुनिरहेछौं बाबा,PPE को उकुसमुकुस सहिकन हजारौं आत्माको स्वास फर्काइरहेछौं
आशा अझै मरेको छैन बाबा अन्तिमसम्म लड्ने छौं
स्वास्थ्यकर्मी एकजूट भई हजुरको आशिर्बाद सिरमा राखी
यो सुक्ष्म राक्षेस लाई परास्त गरेरै अघि बढ्ने छौं
सयौं ज्यान बचाउँदै, रित्तिसकेको स्वास भर्दै
हराइसकेको आशा जगाउँदै
आउनेछु बाबा अर्को साल तीजमा नाच्दै अनि नचाउँदै
तर बिन्ति छ बाबा चित्त नदुखाउनु अनि आमालाई पनि सम्झाइदिनु
गर्व गर्नु सुर्त नगर्नु एउटा कर्तव्यनिष्ट छोरी जन्माएको मा
पिर कत्ति नलिनु बाबा, छोरी नर्स भई भनेर
बरू छाती फुलाएर भन्नु बाबा मैले छोरी जन्माए र आज छोरीले हजारौं विरामीको ज्यान बचाउँदै छ
तर बिन्ति छ बाबा यो तीजमा मलाई लिन नआउनुहोला

विष्णु पाठक खड्का