नेविसंघ स्याङ्जा द्धारा अक्सोमिटर, माक्स र सेनिटाइजर जिल्ला कारागार स्याङ्जामा हस्तान्तरण
स्याङ्जा । नेपाल विद्यार्थी संघ क्षेत्रिय कार्यसमिति स्याङ्जा द्धारा अक्सोमिटर, सेनिटाइजर र माक्स जिल्ला कारागार स्याङ्जालाई आइतबार हस्तान्तरण गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को दोस्रो संक्रमणबाट जोगिन न्यूनतम सुरक्षाका उपकरण नपाएको गुनासो भइरहेका बेला नेविसंघ स्याङ्जाले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।
नेविसंघले राष्ट्र संकट र सन्त्रासपुर्ण परिस्थितिमा रहेको सवै अवस्थामा सहकार्य र सहयोग गर्दै आएको र अहिले पनि सक्दो सहयोग गर्ने नेविसंघ जिल्ला सभापति अजित क्षेत्रीले बताए । उनले भने ”कारागारमा धेरै व्यक्तिहरु एकै ठाँउमा बस्नुपर्ने भएकाले अझ संवेदिनशील हुन्छ, हामीले दिएको सेनिटाइजरले कोरोना संक्रमणबाट बच्न सहयोग गर्ने विश्वास लिएको छु ।” जनता कोरोना भाइरसको महामारी संग जुदिरहेको र सरकारले ध्यान नदिएको भन्दै संसद विघटन र चुनाव गर्ने जस्ता अलोकतानत्रिक र संविधान विपरीतको निर्णय गरेको सभापति क्षेत्रीले इंगित गरे ।जिल्ला कारागार स्याङ्जाका प्रमुख चुडामणी भण्डारीले नेपाल विद्यार्थी संघ स्याङ्जाले सह्रानिय काम गरेको बताउँदै उनले महामारीको रुपमा फैलिएको दोस्रो चरणको कोरोनाका रोकथामका लागि सेनिटाइजर र माक्स को प्रयोग अपरिहार्य रहेको बताए, उनले अस्पतालहरुमा बेड नभएको अवस्थामा संक्रमणबाट आइसोलेसमा बसेका कैदी बन्दीहरुलाई अक्सोमिटरले अक्सिजनको मात्रा जाँच गरि अस्पताल लैजाने नलैजाने निक्यौल हुने हुदाँ अहिलेको अवस्थामा कारागारलाई अक्सोमिटर अपरिहार्य रहेको समेत बताए ।
स्वास्थ्य सामाग्री हस्तान्तरण गर्न नेविसंघ जिल्ला सभापति अजित क्षेत्री, क्षेत्रिय उपसभापति सौजन गुरुङ्, त्रि.आ क्याम्पस स्वीयु सभापति सुनिल बाबु चापागाई, नेविसंघ जिल्ला सदस्य नविन श्रेष्ठ, सिए एवं नेबिसंघ नेता शंकर अर्याल र नेविसंघ पुतलीबजार नगर सभापति सविन बाबु रेग्मी को उपस्थितीमा अक्सोमिटर, सेनिटाइजर र माक्स हस्तान्तरण गरिएको हो । पहिलो चरणको कोरोना भाइरस (Covid 19) को संक्रमणमा नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति स्याङ्जा द्धारा ४० हजार बराबरको थर्मोगन जिल्ला प्रशासन कार्यलय र माक्स, सेनिटाइजर जिल्ला कारागार स्याङ्जालाई हस्तान्तरण गरेको थियो ।












