युवाहरु द्धारा फील्डमा खटिएका प्रहरीलाई नियमती पानी वितरण

प्रकाशित मिति:

बुटवल । बुटवल र तिलोत्तमाका युवाहरुले फील्डमा खटिएका प्रहरीलाई पानी वितरण गरीरहेका छन् । लक्ष्मण क्षेत्री , सुन्दर थापा , गोपाल पाण्डेयले योगीकुटी देखी गोलपार्क सम्म रहेका १० ठाउंका प्रहरी विटहरुमा विहानै पानीको कार्टुन पुर्याउने गरेका छन् ।

लकडाउनमा पसलहरु वन्द रहने भएकाले डिल्डमा खटिने प्रहरीहरुलाई लकडाउन अवधिभर पानी वितरण गरीने लक्ष्मण क्षेत्रीले वताउनु भयो ।लकडाउनको अवस्थामा विभिन्न ठाउमा फन्टलाईनमा खटिनेहरुलाई विभिन्न संघसस्थाले विभिन्न सहयोग गर्दै आईरहेका छन् ।