बुटवल, १२ जेठ । रुपन्देहीको मधेसी तथा थारु समुदायको बाहुल्यता रहेको सियारी गाउँपालिका वडा नं २ स्थित मैनहियामा स्वास्थ्य चौकी स्थापना भएको छ ।अर्घाखाँची सिमेन्ट प्रालीको आर्थिक सहयोगमा निर्माण भएको चौकी भवनको लुम्विनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भोज प्रसाद श्रेष्ठ र सिमेन्ट प्रालीका निर्देशक राजेश अग्रवालले आज संयुक्त रुपमा शुभारम्भ गर्नुभयो ।करिव रु। ७० लाखको लागतमा निमार्ण भएको स्वास्थ्य चौकीमा ६ कोठामा १० बेड छन । गाउँपालिकाको एक विगाहा भन्दा वढी क्षेत्रफलमा सो चौकी स्थापना भएको हो ।
सो अवसरमा लुम्विनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भोज प्रसाद श्रेष्ठले स्वास्थ्य चौकीको स्थापनाले समुदायले लाभ लिन आग्रह गर्दै विभिन्न स्थानीय तह मिलेर व्यवस्थित अस्पतालको रुपमा सञ्चालन हुनुपर्ने बताउनुभयो ।
उहाँले अक्सिजनको भरमा मात्र सञ्चालन भएका होम आइसोलेसनबाट जोखिम वढेको बताउनुभयो ।लुम्विनी प्रदोश सभाका सदस्य तुल्सी प्रसाद चौधरीले नीजि क्षेत्र र सरकारी नियकायको सहकार्यबाट विकास संभव हुने बताउनुभयो ।निर्देशक अग्रवालले सामाजिक उत्तरदायित्व अन्र्तगत स्वास्थ्य क्षेत्रमा लगानी गरेको जानकारी दिनुभयो ।सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले चौकीलाई कोभिड विशेष अस्पतालका रुपमा सञ्चालन गरिने बताउनुभयो ।कोरोना भाइरसको जोखिमको समय विभिन्न योजना सहित कोभिड नियन्त्रणका प्रयास गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिनप्रसाद भट्टराईले बताउनु भयो । स्वास्थ्य चौकी संचालन पश्चात् ग्रामिण क्षेत्रका असपासका बासिन्दा लाभान्वित हुने उहाँले बताउनु भयो ।












