घर बहाल कर छुट र अग्रभागमा खटिने कामदारलाई कोभिड विरुद्धको खोपको व्यवस्थागर्न होटेल व्यवसायीले माग

प्रकाशित मिति:

यमलाल भुसाल,बुटवल १४ जेठ-होटेल व्यवसायीले कोभिड–१९ को विश्वव्यापी महामारीबाट थला परेको व्यवसाय संरक्षणका लागि घर बहाल कर छुट गर्न र व्यवसायको अग्रभागमा खटिने कामदारलाई कोभिड विरुद्धको खोपको व्यवस्थागर्न माग गरेका छन ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले शुक्रवार बुटवमा पत्रकार सम्मेलन गरि कोरोना भाइरसको महामारीका कारण थलिएको पर्यटन क्षेत्रको संरक्षण र सम्वद्र्धनका लागि सरकारले सहुलियत व्याज दरमा ऋणको व्यवस्थागर्न माग गरेको छ । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष राम प्रसाद गौतमले निषेधाज्ञाको कारणवाट राज्यलाई बुझाउने मुल्य अभिबद्धि कर तथा अन्य महशुलहरु बुझाउने समयावधी बढाउन र कुनै व्याज जरिवाना नलिने नीति तय गर्न माग गर्नु भएको छ । कोभिड १९को दोस्रो भेरियन्टका कारणवाट होटल व्यवसाय पूर्ण रुपमा बन्द भएकाले धेरै स्वरोजगार मुलक व्यवसायी तथा मजदुर कर्मचारीको रोजीराटी गुम्ने अवस्था श्रजना भएकोले त्यस्ता व्यवसायीलाई राज्यतहवाट उचित राहातको व्यवस्था मिलाउन अध्यक्ष गौतमले माग गर्नु भएको छ । व्यवसायीले कोरोना भाईरसका कारण सरकारले निषेधाज्ञा गरेको अवस्थामा सबै होटल रेष्टुरेण्टको व्यापार व्यवसाय बन्द रहेकाले लकडाउनको अवधिभरको घरभाडा पूर्ण रुपमा छुट गर्ने व्यवस्था मिलाउन, विद्युतमा लगाउदै आएको डिमाण्ड चार्ज १ वर्ष सम्म छुट गर्न संघका महासचिव माधव कुमार खनालले सरकार समक्ष माग गर्नु भएको छ ।

व्यवसायीले कोरोना महामारीका कारण व्यवसायिक अस्तित्व अत्यन्तै जोखिममा पुगेको गुनासो गरेका छन् । यो अवस्थामा होटल व्यवसाय टिकाउन सकिन्छ कि सकिँदैन भन्ने अन्यौलका बीच व्यवसायी रहेका भन्दै यसबाट लाखौ आश्रति कर्मचारी र मजदुरहरुको रोजगारी समस्यामा परेको संघका दृतीय उपाध्यक्ष लेखनाथ भडारीले बताउनु भयो । होटलको पुनरुत्थानका लागि ३ वर्षको लागि विशेष कर सहुलियतको व्यवस्था गर्दै होटल पूर्ववत लयमा नआउन्जेलसम्म वर्तमान मूल्यअभिवृद्धि करमा छुट,आयकरमा पाउँदै आएको २० प्रतिशत छुटलाई ५० प्रतिशत कायम गर्न र जरिवाना तथा हर्जाना पूर्ण मिनाहाको माग व्यवसायीले गरेका छन् ।

विषय: प्रेस विज्ञप्ती ।

हाल विश्वमा महामारीको रुपमा देखापरेको कोभिड –१९ कोरोना भाईरसको दोस्रो भेरियन्टका कारण विश्व आक्रान्त अवस्थामा पुगेको छ । कोरोना भाईरसको दोस्रो भेरियन्टका कारणबाट हाम्रो देश नेपाल पनि विगत १ महिना देखि निषेधाज्ञाको अवस्थामा छ । नेपाल सरकारले महामारीको संक्रमण रोक्नका लागि गरेको निषेधाज्ञालाई हामी व्यवसायीले पूर्ण रुपमा पालना गरी राज्यको प्रयासमा सहयोग गर्दै आएका छौं । कोरोना भाईरसका कारणले विश्व अर्थतन्त्र चरम संकटमा पर्ने अवस्थातर्फ उन्मुख रहेको छ । यस अवस्थामा हाम्रो जस्तो विकासोन्मुख राष्ट्रलमा गम्भिर चुनौती देखा पर्न जाने कुरा सबैमा छर्ल¨ छ । कोरोना भाईरसको कारणबाट अन्य क्षेत्रको तुलनामा पर्यटन क्षेत्र एवं पर्यटन व्यवसायलाई अत्यन्त गम्भिर चुनौती सृजना गरेको छ । विदेशी मुद्राको स्रोतको रुपमा रहेको पर्यटन व्यवसाय धरासायी हुने अवस्थामा पुगेको छ । कोभिड १९ का कारणबाट गतवर्ष करिब ८ महिना सम्म प्राय बन्द अवस्थामा रहेको पर्यटन व्यवसायमा केही सुधार हुने आशामा रहेका हामी पर्यटन व्यवसायमा फेरि देखा परेको दोस्रो भेरियन्टका कारण पर्यटन व्यवसायीहरुलाई अत्यन्त संकट ग्रस्त बनाएको छ । जसको कारणबाट यस व्यवसायमा संलग्न व्यवसायी तथा मजदुर कर्मचारीको रोजीरोटी गुम्ने अवस्था सृजना भएको छ । यस्तो संकटको घडीमा राज्यको तर्फबाट समयमै उचित संरक्षणको व्यवस्था गरी व्यवसायीहरुलाई राहत हुने कार्यक्रम ल्याउनु अहिलेको आवश्यकता हो । पर्यटन व्यवसायको संरक्षणका लागि हामी सरकारस“ग विभिन्न पक्षमा आवश्यक योजना बनाउनु हुन माग गर्दछौं ।
१. देशको अर्थिक विकासको मेरुदण्डको रुपमा रहेको पर्यटन होटल व्यवसायको पुर्नजीवन र विकास गर्न सहुलियत ब्याज दरमा ऋणको व्यवस्था गर्न माग गर्दछौं ।

२. कोरोना भाइरसको कारणबाट देखापरेको जोखिमलाई न्यूनिकरण गर्न गरेको निषेधाज्ञाको अवधिभर बैंक तथा वित्तिय संस्थाहरुबाट व्यवसायीहरुले लिएको ऋणको ब्याज छुट तथा निषेधाज्ञा समाप्त भएपछिको १ वर्ष सम्म किस्ता रकम बुझाउने म्याद थप गर्नका लागि आवश्यक व्यवस्था माग गर्दछौं ।

३. कोरोना भाईरसका कारण सरकारले निषेधाज्ञा गरेको अवस्थामा सबै होटल रेष्टुरेण्टको व्यापार व्यवसाय बन्द रहेकाले लकडाउनको अवधिभरको घरभाडा पूर्ण रुपमा छुट गर्ने व्यवस्था मिलाउन सरकारसंग माग गर्दछौं ।

४.होटल व्यवसायीहरुले प्रयोग गर्दै आएको विद्युतमा लगाउदै आएको डिमाण्ड चार्ज १ वर्ष सम्म छुट गर्न सरकारसंग माग गर्दछौं

५. कोभिड –१९ को दोस्रो भेरियन्टका कारणबाट होटल व्यवसाय पूर्ण रुपमा बन्द भएकाले धेरै स्वरोजगार मूलक व्यवसायी तथा मजदुर कर्मचारीको रोजीरोटी गुम्ने अवस्था सृजना भएकाले स्वरोजगारमूलक व्यवसायी मजदुरहरुलाई सरकारको तर्फबाट उचित राहतको व्यवस्था मिलाउन
माग गर्दछौं ।

६. सरकारले कोरोना भाईरसको दोस्रो भेरियन्टको जोखिमलाई मध्यनजर गरी गरेको निषेधाज्ञाको कारणबाट राज्यलाई बुझाउनु पर्ने मूल्यअभिवृद्धि कर तथा अन्य महशुलहरु बुझाउने समयावधी बढाउन र कुनै ब्याज, जरिवाना नलिने नीति तय गर्न माग गर्दछौं ।

७. कोभिडका कारणबाट पर्यटन व्यवसायीहरु विस्थापित हुने अवस्था सृजना भएकाले नेपाल सरकारले आ.व. २०७८÷२०७९ का लागि ल्याउन लोगेको बजेटमा पर्यटन व्यवसायीको पुनरुत्थानका कार्यक्रम ल्याउन माग गर्दछौं ।

८. पर्यटन व्यवसायीहरुलाई स्थानीय सरकारले लिदै आएको विभिन्न व्यवसाय कर पूर्ण रुपमा छुट गर्न माग गर्दछौं ।अन्तमा यस संकटको घडीमा हामी पर्यटन व्यवसायी राज्यको निती निर्णय परिपालना गर्न कटिवद्ध रुपमा लाग्ने छौ यसको लागि सरकारले अभिभावकीय भूमिका निर्वाह गरी यस पेशा व्यवसायको संरक्षण गर्ने खालका कार्यक्रम ल्याउनेमा विश्वस्त छौं ।

मिति; २०७८/२/१४

माधव कुमार खनाल                                                                                                                                                   राम प्रसाद गौतम
महासचिव                                                                                                                                                                       अध्यक्ष
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देही