जबरजस्ती करणीका आरोपित पक्राउ

प्रकाशित मिति:

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको वार्ड न ५ पक्लिहवाका रवि जमार जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् ।उनलाई इलाका प्रहरी कार्यालय बेलाटारीले पक्राउ गरेको हो ।उनले मंसिर १० गते सोमबारका दिन बेलाटारीको निर्धन बैंकबाट पैसा झिकेर आउदै गरेको सुस्ताकी एक महिलालाई बाटोमा भेटेर घरमा पुर्याइदिन्छु भन्दै मोटरसाइकलमा बसालेर घरतर्फ ल्याउने क्रममा पक्लिहवा र गुठिप्रसौनीको सिमानामा रहेको धोबाहा खोलामा लगेर जबरजस्ती गरेका पीडित महिलाले जनाएको प्रहरीले जनाएको छ ।ती पीडित महिलाले रवि जमारको नाममा किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक केदार बस्नेतले बताए ।अहिले रबि चमार इलाका प्रहरी कार्यालय बेलाटारीको हिरासतमा रहेको र चमारसंग थप अनुसन्धान भैरहेको बस्नेतले बताए ।