छारे रोग सम्बन्धि जानकार

प्रकाशित मिति:

छारे रोग वा मिर्गी एक किसिमको स्नायु प्रणालीको डिसअर्डर हो। जसमा मष्तिष्कको न्यूरोन्सहरुमा भइरहेको समान्य गतिविधि अचानक असामन्य भइदिन्छ। फलस्वरूप मानिसको शारीर वा शरीरको केहि भागमा अनैच्छिक चाल उत्पन्न हुनुको साथै क्षणिक चेतना९होस० र मांशपेशिको टोन गुम्छ। त्यसैले यसलाई कहिलेकाँही सिजर डिसअर्डर पनि भन्ने गरिन्छ। यो समस्या विश्वको करीब ५० मिलियन मान्छेहरुमा छ। जसमध्ये ८० प्रतिशत नागरिक विकासोन्मुख देशभित्र पर्छन्।

छारे रोग वा मिर्गी कुनै खास व्यक्ति, समुदाय, वर्ग, जात, धर्मका व्यक्तिमा मात्र नभई जोसुकैलाई पनि हुनसक्छ। प्रायः ब्रेन इन्फेक्शन, ब्रेन ट्यूमर, इलेक्ट्रोलाइट असन्तुलनले गर्दा हुन्छ। बच्चा जन्मिने बेलामा ढिलो हुँदा बच्चाको मष्तिष्कमा सही मात्रामा अक्सिजन नपुगेपछि हाइपोक्सिक(इस्केमिक इन्सेफ्यालोप्याथी हुन्छ र यस्तो बच्चामा पछि गएर छारे रोग हुने सम्भावना बढ्छ। केही वंशाणुगत पनि हुने गर्छ। छारे रोग आफैमा एक रोग नभई मष्तिष्क रोगको लक्षण हो भन्न सकिन्छ। लक्षणको आधारमा निम्न प्रकारको हुन्छ :

( चेतना गुम्ने तर शारीरमा कुनै अनैच्छिक चाल वा मांशपेशिको टोनमा असर नदेखिने
( क्षणिक चेतना ९होस० मात्रै हराउने
( शारीरमा अनैच्छिक चाल सँगै मांशपेशिको टोन र चेतना गुम्ने।

सबै सिजर्स ९झट्काका कारण काँप्दै मुर्छा पर्ने समस्या० छारे रोग हुँदैन। बच्चाहरुमा कहिलेकांही अत्यधिक ज्वरोले गर्दा पनि सिजर्स आउँछ जुन छारे रोग होइन। यसको लागि खास क्राइटेरिया हुन्छ जसमा लामो समयदेखि बारम्बार सिजर्स आउने, बेहोस हुने जस्ता लक्षणहरु हुन्छ। समान्यतया अनियन्त्रित सिजर्स, चेतना र जागरुकता गुम्नु, सिजर्स पश्चात स्वाद, सुघ्ने, सुन्ने क्षमतामा परिवर्तन आउने इत्यादि लक्षणहरु छारे रोगका बिरामीमा देखिन्छ। छारे रोगका बिरामीहरुमा निन्द्रा पुरा नभएको, अत्यधिक थाकेको, मादक पदार्थ सेवन गरेको, चमकदार प्रकाशमा धेरै बेर बस्दा, डर र चिन्ताको अवस्थामा सिजर्सको मात्रा र दर बढेर आउँछ। समाजमा अहिले पनि एउटा धारणा छ की छारे रोगको औषधि उपचार हुँदैन। जबकी लगभग ८० प्रतिशत बिरामीहरु सीमित अवधिसम्म औषधि सेवन गरेपछि पुर्णरुपमा निको भएको पाइन्छ। केही बिरामीलाई अलिक लामो समयसम्म औषधि सेवन गर्नुपर्ने हुन्छ। औषधिले नियन्त्रण हुन नसकेको बिरामीलाई माईक्रो(इन्वेसिव सर्जरी र अबल्याशन विधिद्वारा पनि निको पार्न सकिन्छ। कतिपय छारे रोग ब्रेन ट्यूमरले गर्दा पनि भईरहेको हुन्छ यस्तो अवस्थामा ट्यूमर झिकेपछि ठिक हुन्छ। आजको आधुनिक युगमा यस्ता थुप्रै प्रविधिको विकास भएको छ जसले गर्दा छारे रोगलाई सजिलै जित्न सकिन्छ।

जनचेतना र शिक्षाको कमिले आज पनि ग्रामिण क्षेत्रमा छारे रोगको बिरामीलाई झट्का आइरहेको बेला गन्हाउने जुत्ता, मोजा र चप्पल सुँघाउने चलन छ। जसबाट छारे रोग निको हुने अन्धविश्वास छ। जबकी वास्तविकता के छ भने एपिलेप्टिक फिट्स ९झट्का० एकदम छोटो समयको हुन्छ जून केही क्षणमा ९बढ़ी भन्दा बढ़ी २(३ मिनट० आफैं ठिक भएर जान्छ। तर मानिसहरुलाई जुत्ता सुँघाएपछि ठिक भएको हो भन्ने भ्रम पर्न गएको हुन्छ। केही समुदायमा छारे रोग एक सरुवा रोग हो भन्ने अवधारणा छ जसले गर्दा छारे रोगका बिरामीलाई धेरै ठाउँमा गलत दृष्टिले हेर्ने समाजिक अवहेलना र छुवाछूतको समस्या खेप्नु पर्छ। केहीले त यो शैतानिक शक्ति वा भगवानले पठाएको शैतानले आक्रमण गरेपछि हुन्छ भनेर धामी(झांक्रीसम्म पुग्ने गरेका छन्। समुदायमा रहेको यस्तो अन्धविश्वासहरुमा अलिकति पनि सत्यता छैन। त्यसैले भ्रममा नपरौं। अर्को जान्नै पर्ने कुरा के हो भने छारे रोगको झट्का जुनसुकै बेला जहाँ पनि आउनसक्छ। बिरामीलाई यसको केही जानकारी हुँदैन। झट्का आइरहेको अवस्थामा बिरामी माथि जोरजबरदस्ती नगरी वरपरको कडा, तिखो वा अन्य कुनै चोटपटक लाग्ने वस्तुहरु छ भने हटाइदिनुपर्छ। नजिकै खल्डाखुल्डी वा पानीको मुहान छ भने सक्दो चाँडो त्यँहा बाट टाढा हटाउनु पर्छ। अन्यथा पानीमा लड्न गएको खण्डमा बिरामीको फोक्सो भित्र पानी पस्छ। फलस्वरूप पछि गएर एस्पिरेशन निमोनिया हुन्छ र बिरामीको मृत्यु हुनसक्छ। झट्का आउन बन्द हुने र चेतना आएपछि बिरामीलाई देब्रे तिर कोल्टे पारेर आराम गर्न दिनुपर्छ। एपिलेप्टिक फिट्स ९झट्का० सामान्यतता क्षणिक हुन्छ। यदि यो निरन्तर ५ वा ५ मिनेट भन्दा बढी समयसम्म रहिरहे तुरुन्तै नजिकैको स्वास्थ्य केन्द्रमा लगेर उपचार थाल्नुपर्छ। यो एक किसिमको मेडिकल इमरज्नसी हो। मेडिकल भाक्षामा यसलाई स्टेटस ऐप्लिलेप्टिकस भन्ने गरिन्छ।@swasthyakhabar