भीरकोटमा बंगुरका पाठापाठी वितरण

प्रकाशित मिति:

भीरकोट नगरपालिकाले अनुदानमा कृषकहरुलाई बंगुरका पाठापाठी वितरण गरेको छ । नगरपालिकाले कृषकहरुलाई निशुल्क रुपमा बंगुरका पाठापाठी वितरण गरेको हो । कृषकहरुको आर्यआर्जनमा वृद्धि गर्ने उद्देश्यले बंगुरका पाठापाठी वितरण गरिएको नगरप्रमुख छायाराम खनालले बताउनुभयो । कृषि तथा पशुपालनबाट समेत मनग्य आम्दानी गर्न सकिने भएकाले व्यवसायिक रुपमा उद्यमी गर्न चाहाने कृषकलाई नगरपालिकाले सहयोग गर्ने प्रमुख खनालले बताउनुभयो । अनुदानमा दिईएको बंगुरका पाठापाठीलाई आयआर्जन संग जोड्न आग्रह गर्दै प्रमुख खनालले कृषि नै समृद्धिको आधार भएको बताउनुभयो ।

भीरकोटका ९ वटै वडाका कृषकहरुलाई ५० ओटा बंगुरका पाठापाठी वितरण गरिएको नगरपालिका पशु सेवा साखा प्रमुख कमलकान्त पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा उपप्रमुख सिमा केसीकर्माचार्य, प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुषाल, योजना अधिकृत यामप्रसाद रेग्मीलगायतको सहभागिता थियो ।यसैबीच भीरकोट १ जगतपुरमा आईपिएम कृषक पाठशाला कार्यक्रमको समापन गरिएको छ । २८ हप्ते कृषक पाठशाला कार्यक्रमको नगरप्रमुख छायाराम खनालले समापन गर्नुभएको हो । समापन कार्यक्रममा बोल्दै प्रमुख खनालले सामुहिक रुपमा कृषिमा लाग्न आग्रह गर्दै त्यसका लागी आवश्यक प्राविधिक तथा बजारीकरणको सहयोग नगरपालिकाले गर्ने बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख सिमा केसीकर्माचार्य, नगरप्रवक्ता एव्ां कृषि संयोजक दिपेन्द्र केसी, सहजकर्ता डाँसीनारायण अर्याल, बालकुमारी खांण, प्रविणविक्रम खांणलगायतले बोल्नुभएको थियो । पाठशाला अन्र्तगत ४ समुहमा विभाजन गरी कार्यक्रम गरीएको हो । २८ हप्ते कृषक पाठशालामा कृषकहरुले लहरेबालीको बिजारोपण गरी फलाएका छन् । कृषकहरुले घिरौँला, करेला, लौका, काक्रा फलाएका हुन् । कार्यक्रममा २९ जना कृषकहरुको सहभागिता थियो । समुहकी अध्यक्ष सुनिता खत्रिको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन इश्वरी केसी र स्वागत लक्ष्मी केसीले गर्नुभएको थियो ।