कञ्चन गाउपालिकाको बजेट बहुमतले पास, शिक्षा स्वास्थ्य र कृषिमा मुख्य बजेट

प्रकाशित मिति:

१५ असार,कञ्चन-रुपन्देहीको कञ्चन गाउपालिकाको आ।ब। २०७८/०७९ का लागि गत असार १० गते प्रस्तुत बजेट बहुमतले पास भएको छ। गाउपालिकाका उपाध्यक्ष गोमा तरामुद्वारा गत असार १० गते सार्वजनिक गरिएको करिब ६३ करोड ३८ लाख ३५ हजार रुपैया बराबरको बजेट माथी जनप्रतिनीधिहरुद्वारा आवस्यक छलफल गरी सोमबार बहुमतले पास भएको हो ।उपाध्यक्ष तरामुले चालु तर्फ २५ करोड २९ लाख ४० हजार रुपैया ९कुल बजेटको ३९.९१ प्रतिशत०, पुंजीगत तर्फ २४ करोड ५८ लाख ९५ हजार रुपैया (कुल बजेटको ३८.७९ प्रतिशत) र सामाजिक सुरक्षा तर्फ १३ करोड ५० लाख (कुल बजेटको २१.३० प्रतिशत) बजेट सार्वजनिक गरेका थिए ।

उपाध्यक्षद्वारा सार्वजनिक गरिएको बजेट मध्ये शिक्षामा २ करोड ६ लाख ५० हजार रुपैया, स्वास्थ्य तर्फ ६६ लाख ६० हजार रुपैया, खानेपानी तथा सरसफाईमा २५ लाख ५० हजार रुपैया, संस्कृति प्रबद्र्धनमा २५ लाख ३० हजार र खेलकुद तथा मनोरञ्जन तर्फ ५० लाख रुपैया बजेट विनियोजन भएको छ। यस्तै लैंगिक समानता तथा सामाजिक समावेसीकरण तर्फ १५ लाख ५० हजार रुपैया गरी सम्पुर्ण सामाजिक बिकास क्षेत्रमा ३ करोड ३३ लाख रुपैया बजेट विनियोजन भएको छ। यसैगरी २ करोड ८ लाख रुपैया कृषि तथा पशु क्षेत्रका कार्यक्रमहरुका लागि बजेट विनियोजन भएको छ भने पर्यटन बिकास कार्यक्रम र सहकारी बिकासमा १६ लाख ५० हजार रुपैया गरी सम्पुर्ण आर्थिक बिकासका लागि २ करोड २४ लाख ५० हजार रुपैया विनियोजन भएको छ।यसैगरी उपाध्यक्ष तरामुले पुर्वाधार बिकास अन्तर्गत स्थानिय सडक तथा पुल तर्फ २ करोड २४ लाख ४० हजार रुपैया विनियोजन गरेका छन भने सिंचाई तर्फ ५६ लाख ५० हजार रुपैया, भवन तथा सहरी बिकास र उर्जा लघु तथा साना जलबिधुत तर्फ गरी २ करोड ३४ लाख ३५ हजार रुपैया विनियोजन गरेका छन । यस्तै आ।ब। २०७८/०७९ का लागि प्रस्तुत गरिएको बजेट मध्ये वन वाताबरण तथा बिपद व्यबस्थापन अन्तर्गत बन तथा भु संरक्षण,जलाधार संरक्षण,वातावरण संरक्षण जलवायु परिवर्तन, फोहोर मैला व्यबस्थापन, जलउत्पन्न प्रकोप नियन्त्रण र बिपद व्यबस्थापनमा गरी जम्मा ४७ लाख १० हजार रुपैया विनियोजन भएको छ। भने सुशासन तथा संस्थागत बिकासका लागि १ करोड ८ लाख ५० हजार रुपैया विनियोजन भएको छ ।

कञ्चन गाउपालिकाले उल्लेखित ६३ करोड ३८ लाख ३५ हजार रुपैया विनियोजित बजेट मध्ये आन्तरिक आम्दानीबाट १ करोड ७५ लाख रुपैया, चालु आर्थिक बर्षको नगद मौजदातबाट १ करोड रुपैया,संघ र प्रदेशको राजस्व बांडफांडबाट ८ करोड ३३ लाख ५४ हजार रुपैया र संघ र पदेशबाट बित्तीय समानीकरण,सशर्त अनुदान र बिशेष अनुदानबाट प्राप्त हुने ५० करोड ७९ लाख ८१ हजार र लागत सहभागिताबाट १ करोड ५० लाख रुपैया अनुमानित आयको रुपमा लिएको छ। प्रस्तुत बजेट सफल रुपमा कार्यान्वयन भएको अवस्थामा गाउपालिकामा उपलब्ध श्रोत र साधनको उच्चतम उपयोग र सामन्यायिक वितरण भई गाउपालिकावासीको जीवन स्तर सहज सुरक्षित र गुणस्तरिय हुदै जाने तथा दीगो र उच्च आर्थिक वृद्धिको जग मजवुत हुने अपेक्षा लिइएको छ।यसैगरी आ.ब। २०७८/०७९को बजेटलाई सफल रुपमा कार्यान्वयन र राजस्व परिचालनका लागि संघ र प्रदेश सरकारसंग निर्भररहनु पर्ने बाध्यताको अन्त्य गर्दै आन्तरिक आर्थिक कृयाकलापमा आधारित दीगो कर प्रणालीमा रुपान्तरण गर्दै जाने नीति तथा कार्यक्रमलाई समेत गाउपालिकाले अगाडी सारेकोछ ।