गल्याङ, १६ असार । स्याङ्जाको गल्याङ नगरपालिका वाड नं ३ वल्पुकमा बिपी स्मृति भवन निर्माण गरिएको छ । नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं २ को कार्यालय सहितको भवन २०७६ चैत्रवाट निर्माण सुरु गरिएको थियो । नेपाली काँग्रेसका नेता तथा कार्यकर्तावाट चन्दा संकलन गरि ४५ लाखमा ७ रोपनी जग्गा खरिद गरी भवन निर्माण सुरु गरिएको निर्माण समितीका संयोजक तथा गल्याङ नगर समितीका सभापती स्याम वश्यालले जानकारी दिए ।
भवन निर्माणका लागि स्याङ्जा क्षेत्र नं २ ख वाट निर्वाचित प्रदेश साँसद भागवत प्रकाश मल्लले आफ्नो साँसद विकास कोषको रकम पटक पटक गरी ८५ लाख र नेपाली काँग्रेसका नेता तथा कार्यकर्तावाट चन्दा संकलन गरिएको ४५ लाख गरी १ करोड ३० लाख लागतमा भवनको निर्माण सम्पन्न भएको वश्यालले जानकारी दिए । भवनमा हाल ८ कोठा र हलको डिजाइन रहेको छ । सिद्धार्थ राजमार्गको छेवैमा निर्माण गरिएको उक्त भवनवाट नेपाली काँग्रेसका क्षेत्रीय कार्यक्रम, सभा सम्मेलन गर्न अत्यान्त सहज हुने विश्वास गरिएको छ ।
सिमित स्रोत र साधनवाट निर्माण सुरु गरिएको भवन पहिलो चरणको निर्माण लगभग सम्पन्नको चरणमा छ वश्यालले भने, “भवन सकिने वित्तिकै पार्टीको नगर तथा क्षेत्रीय सचिवालयको रुपमा प्रयोगमा ल्याउने छौ ।” त्यसपछि विस्तारै स्रोतको व्यवस्थापन गरी ७ रोपनी जग्गामा कम्पाउण्ड गरी अन्य भौतिक पूर्वाधार निर्माणमा निरन्तरता दिने कार्यक्रम रहेको उनले जनकारी दिए ।
नेपाली काँग्रेसको कार्यकता भेटिने आगनको रुपमा निर्माण गरिएको उक्त विपी स्मृति भवन देशकै नमुना भवनको रुपमा विकास गर्ने लक्ष्य लिइएको निर्माण समितीका उपाध्यक्ष गुरु भट्टराईले जानकारी दिए । भवनको विस्तरित कार्यक्रम हेलीप्याड, गेष्ट हाउस सहितको भवन निर्माण गर्ने दिर्घकालीन योजना रहेको उनले जनकारी दिए । पहिलो चरणको निर्माण सम्पन्न भएपछि तत्कालै उद्घाटन गरी कार्यालय सन्चालन गर्ने, हालसम्म पहिलो चरणको आर्थिक हिसाव समेत सार्वजानिक गरेपछि स्रोतको व्यवस्थापन गरी दोस्रो चरणको निर्माणको कार्य थालनी गर्ने निर्माण समितीका कोषाध्यक्ष महेन्द्र श्रेष्ठले जनकारी दिए ।












