सुरेश छन्त्यालर,पाण्डबखानी- नागरिकको व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा नेपाल सरकारको दर्ता शिविर मार्फत प्राथमिकता कार्यक्रम अन्तर्गत व्यक्तिगत घटना दर्ता शिविर गलकोट नगरपालिका १० पाण्डबखानीमा सम्पन्न भएको छ ।
हिजो पाण्डबखानीको रमुवामा पुगि दर्ता शिविर सम्पन्न भएको वडा सचिव ठाकुर तिमिल्सिनाले जानकारी दिनु भयो । सोहि कार्यक्रम आज वडा कार्यालयमा सम्पन्न भएको छ । जसमा जन्म दर्ता २५, विवाह दर्ता ८ र मृत्यु दर्ता १ गरिजम्मा ३४ जनाले सेवा लिएका थिए । शिविर कार्यक्रम वडा सदस्य रामप्रसाद वि।क, गलकोट नगरपालिका पञ्चिकरण शाखा गलकोटका mis अपरेटर सुदिप शर्मा, फिल्ड सहायक मिना गौतम, वडा सचिव ठाकुर तिमिल्सिना, पाण्डबखानीका बालमैत्री सहजकर्ता रामु ।
शाहि, पत्रकार सुरेश छन्त्याल, पाण्डबखानीका पशु प्राविधिक शिव आचार्य लगाएतको सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो ।











