अन्तराष्ट्रिय सेमिनार तालिम सम्पन्न

प्रकाशित मिति:

AO Alliance Nepal को आयोजनामा गत असाढ २० र २१ गते देवदह मेडिकल कलेजमा Basic Principles of Fracture management for Operating Room Personnel नामक अन्तराष्ट्रिय सेमिनार तालिम सम्पन्न भएको छ । मूलतः अस्पतालको अप्रेशन कक्षमा काम गर्ने स्वास्थ्यकर्मीलाई हाड़जोर्नीको अप्रेशन गर्दा अपनाउनु पर्ने सजकता, अप्रेशनको क्रममा आइपर्ने जटिलताको समाधान तथा विभिन्न किसिमका अप्रेशनको सैदान्तिक र ब्यबहारिक ज्ञान प्रदान गरिएको थियो।

यस तालिममा भैरहवा मेडिकल कलेज, लुम्बिनी प्रादेशिक अस्पताल, देवदह मेडिकल कलेज, क्रिम्शन अस्पताल, चौराहा अस्पताल, लुम्बिनी नर्शिङ्ग अस्पताल, एडमण्ड अस्पतालका गरि ३० जना स्वास्थ्यकर्मीको उपस्थिति थियो । कोभिड -१९ को महामारीको समयमा सुरक्षाको अन्तराष्ट्रिय मापदण्ड प्रयोग गरेर उक्त कार्येक्रम पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानकी सिनियर नर्श क्षेत्र कुमारी रोक्का तथा नेपाल मेडिकल कलेजका बरिष्ठ हाड़ जोर्नी विशेषज्ञ डा बिजेन्द्र अधिकारीको अध्यक्षतामा भएको थियो ।

कार्येक्रमको समापनमा देवदह मेडिकल कलेजका अस्पताल निर्देशक डा बिक्रम ज्ञवाली, कलेजका प्राचार्ये डा पी सी महाजन , शल्यचिकित्सा बिभागका प्रमुख डा बाबुराम पौडेलले प्रसिक्षार्थीलाई प्रमाणपत्र प्रदान गर्नु भएको थियो। तेस्सै गरि AO Alliance Nepal का प्रमुख प्रा डा रमेश प्रसाद सिंहले प्रसिक्षकहरुलाई प्रमाणपत्र प्रदान गर्नु भएको थियो। यो तालिम अप्रेशन कक्ष र बिशेषगरि हाड़जोर्नी सम्बन्धि अप्रेशनमा संलग्न स्वास्थ्यकर्मी- नर्श तथा हेल्थ असिस्टेन्टहरुलाई एकदमै फलदाहि रहेको प्रमुख प्रसिक्षक मध्येका एक देवदह मेडिकल कलेजका हाड़जोर्नी बिभाग प्रमुख बरिष्ठ हाड़ जोर्नी विशेषज्ञ डा जय राज शर्माले बताउनु भयो।