चापाकोट नगरपालिकाले प्रविधिको प्रयोग गर्दै सुरु गर्यो दुना टपरी लगाउने तालिम

प्रकाशित मिति:

स्याङ्जा, नेपालको सन्दर्भमा विशेष हिन्दु धर्मालम्बिहरुले आज पनि विवाह ब्रतबन्ध जस्ता शुभ कार्यमा सालको पातले दुना टपरी लगाउने प्रचलन छ । उक्त प्रचलनलाई निरन्तरता दिदै चापाँकोट नगरपालिकाले दुना टपरी गास्ने कामलाई प्रविधि मैत्री र व्यवसायीकरण गर्ने भएको छ । महिला उधमिहरुलाई लक्षित गर्दै चापाकोट नगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम ९मेड्पा० अन्तर्गत आत्मनिर्भर महिला सहकारी सस्थालाई दुना टपरी बनाउने मेसिन हस्तान्तरण गरेको हो ।

मेसिन हस्तान्तरण सगैँ चापाँकोट नगरपालिका र आत्मनिर्भर महिला सहकारी सस्थाको समन्वयमा दुना टपरी गास्ने तालिमको समेत सुरुवात भएको हो । कार्यक्रममा बोल्दै चापाँकोट नगरपालिका प्रमुख शिवकुमार गिरिले उक्त तालिमले गाउँघरका वन जंगलहरूमा खेर गैरहेका सालको पातको सही सदुपयोग हुने र परम्परागत काममा प्रबिधिको प्रयोगले महिलाहरुको आर्थिक पक्ष बलियो हुने बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै आत्मनिर्भर महिला सहकारी सस्थाका अध्यक्ष गायत्री आचार्यले दुना टपरी गास्ने मेसिनको प्रयोग गर्दै दिइने तालिम बाट चालिस जना महिलाहरु प्रत्क्षय लाभान्वित हुने बताउदै यस कार्यक्रमले यसै नास भएका सोरोत को प्रयोगबाट दैनिक चुलो चौकोमा रुमलिएका महिलाहरुलाई व्यवसायीकरण गर्ने बताउनुभयो ।

नगरपालिकाले सहयोग गरेको यो मेसिन सहकारीले सहि सदुपयोग गर्न सके र यसलाई व्यवसायिक उत्पादन संग जोडन सकेमा महिलाहरुको अयआर्जनमा समेत थप टेवा पुग्ने चापाँकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धुर्ब खनालले वताए ।