लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीको पहिलो पद हस्तान्त्रण

प्रकाशित मिति:

बुटवल २६ असार । लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीको पहिलो पद हस्तान्त्रण तथा अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । बुटवल कालिकानगरको रोमा ग्रिल रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरि वर्ष २०२०/२१ का अध्यक्ष एवम् क्लबका संस्थापक अध्यक्ष लियो भेषराज पोख्रेल (राज) ले वर्ष २०२१/२२ का नव निर्वाचित अध्यक्ष लियो श्रीधर बस्याललाई पद हस्तान्त्रण गरेका थिए ।

कार्यक्रमा प्रमुख अतिथि को रुपमा क्लबको स्पोन्सर क्लब, लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथका वर्ष २०२१र२२ का अध्यक्ष लायन सन्तोष सिमंगैडा त्यसैगरी विशिष्ट अतिथिमा लियो डिष्ट्रक ३२५ बि २ नेपालका कोषध्यक्ष लियो गोविन्द बन्जाडे, स्पोन्सर क्लब, लायन्स क्लव अफ बुटवल मणिमुकुन्द युथका वर्ष २०२०/२१ का अध्यक्ष लायन यदुमणी पोख्रेल त्यसैगरी लियो डिष्ट्रक ३२५ बि २ नेपालको एरिया ४ का चिफ सुमन अधिकारी, लियो डिष्ट्रक ३२५ बि २ नेपालको एरिया ४ का को चिफ लियो सन्तोष खरेल, लगाएतले मन्तब्य राख्दै स्थापनाको छोटो समयमै साथै कोरोना महामरीको यो बिकराल अवस्थामा पनि क्लबले स्थापना वर्षमै २२ वटा सामाजिक कार्यक्रम गर्नु साथै लियो डिष्ट्रकमा पनि छोटो समयमै उच्च पहिचान बनाउनुले आफुहरुलाई क्लबप्रति निकै गर्व महशुस भएको र सबैले उत्त कार्यक्रमहरुको उच्च प्रशंसा समेत गरेको बताएका थिए । त्यसैगरी क्लबले स्थापना वर्षमै यती धेरै सामाजिक क्रियाकलापमा अग्रसर हुनुले क्लबको छुट्टै पहिचान बनाउनुका साथै अन्य क्लबको लागि पनि यो क्लब प्रेरणादायी क्लब बन्नेमा निश्वस्त हुँदै शुभकामना समेत दिएका थिए ।

पद हस्तान्त्रण गर्ने क्रममा क्लबका क्लबका संस्थापक अध्यक्ष पोख्रेलले २०२०/२१ मा गरिएका २२ वटा सामाजिक कार्यहरुको बारेमा संक्षिप्त जानकारी दिएका थिए भने कोषाध्यक्ष लियो सुनिल कुँवरले आम्दानी खर्च विवरण सार्वजनिक गरेका थिए । यसैगरी संस्थापक अध्यक्ष पोख्रेलले क्लबलाई यहाँसम्म ल्याउनको लागि साथ र सहयोग गर्नुहुने सम्पूर्ण क्लबका सदस्य लगाएत शुभचिन्तक प्रति धन्यवाद ब्यक्त गर्दै क्लबमा उत्कृष्ट काम गर्ने सदस्यलाई अवार्ड द्वारा सम्मानित गरिएको थियो त्यसैगरी सामाजिक कार्यको नेतृत्व गर्ने सदस्यलाई प्रशंसा पत्र प्रदान गरिएको थियो र क्लबका संस्थापक सदस्यलाई संस्थापक सदस्यता प्रमाण पत्र प्रदान समेत गरिएको थियो ।क्लब स्थापना गर्न, गतिशिल बनाउन र क्लबका हरेक कार्यमा साथ सहयोग गर्नुहुने लायन्स र लियोका केही अग्रज ब्यत्तीत्वलाई सम्मान पत्र द्वारा सम्मानित गरिएको थियो भने उपस्थित सम्पूर्ण अतिथिहरुलाइ मायाको चिनो पनि प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै नव निर्वाचित अध्यक्ष लियो श्रीधर बस्यालले क्लबलाई आफ्नो कार्यकालमा अझ गतिशिल बनाउनमा कुनैपनि कसर बाँकी नराख्ने र स्थापना वर्षमा भन्दापनि धरै रचनात्मक कार्यहरु गदै क्लबको उचाईलाई थप माथी उठाउने प्रतिवद्धता ब्यक्त गदै सम्पूर्ण सदस्य साथीहरुलाइ अझ क्रियाशिल भइ काम गर्न समेत आग्रह गरेका थिए ।कार्यक्रममा संस्थापक अध्यक्ष लियो भेषराज पोख्रेल (राज) ले पहिलो सेसनको अध्यक्षता गरेका थिए र पद हस्तान्त्रण पश्चात नव निर्वाचित अध्यक्ष लियो श्रीधर बस्यालले दोस्रो सेसनको अध्यक्षता गरेका थिए भने कार्यक्रमको सञ्चालन मिडिया डाइरेक्टर लियो जिवन थापा क्षेत्री र नव निर्वाचित सचिव लियो महेश ज्ञवालीले गरेका थिए ।