सिसहनियाँ उद्योग बाणिज्य संघको  स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

उद्योग बाणिज्य संघले विगतका दिन देखी सिसहनिया क्षेत्रमा स्थापीत नेपाल बैक लिमिटेडका प्रवन्धकहरुको स्वागत तथा विदाई गरेको हो । अध्यक्ष शान्तराज भण्डारीको अध्यक्षता तथा वडा नं ५ का वडा अध्यक्ष गोवर्धन रावतको प्रमुख आथित्यतामा कार्यक्रमको आयोजना गरि शाखा प्रवन्धक प्रशन्न धिताललाई विदाई र दिनेश कुमार बस्नेतलाई स्वागत गरिएको छ ।

विगतमा उद्योग बाणिज्य संघको हरेक क्रियाकलापमा सहयोग र साथ दिदे आएकोकारण शाखा प्रमुख प्रशन्न धिताललाई संघको तर्फवाट मायाको चिनो सहित बिदाई गरिएको महासचिव ईश्वरी अधिकारीले जानकारी दिनु भएको छ ।

कार्यक्रममा ५ का वडा अध्यक्ष गोवर्धन रावत, प्रहरी चौकी प्रमुख बत्ती कुमार पोख्रेल, पुर्ण बहादुर बुढाथोकी, कुमार अधिकारी लगायत उद्योग बाणिज्य संघका पदाधिकारी तथा सल्लाहकारहरुले आफ्ना विचार ब्यक्त गर्नु भएको थियो ।

सदस्यता नविकरण वापतको रकममा २० प्रतिशत छुट

सिसहनियाँ उद्योग बाणिज्य संघले आगामी आर्थिक वर्षको सदस्यता नविकरण वापतको रकममा २० प्रतिशत छुट दिने निर्णय गरेको छ । संघको अध्यक्ष शान्तराज भण्डारीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले आफ्नो संघमा आवद्ध सदस्यहरुलाई छुट दिने निर्णय गेरेको महासचिव ईश्वरी अधिकारीले जानकारी दिनु भएको छ ।


कोभिड १९ को दोस्रो महामारीको कारण उद्योगी, ब्यापारीहरु मर्कामा परेकोकारण सदस्यता नविकरणमा छुट दिईएको बताईएको छ । आगामी आर्थिक वर्ष उद्योगी ब्यापारीहरुले आन्तरीक राजश्व कार्यालय तुल्सीपुरमा राजश्व बुझाउन जान नपर्ने गरि सिसहनियाँमै टोलीबोलाउने लगायतको बैठकले निर्णय गरेको सचिव मदन पोख्रेलले जानकारी दिनु भएको छ ।