सुरेश परियार- रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष राजेन्द्र यादव जनताको सारथीको रुपमा अघि बढेको पाइएको छ । जनताको माग र आवश्यकता अनुसार विकास निर्माणमा तल्लीन रहेका वडा अध्यक्ष राजेन्द्र यादव महामारी र विपतको बेला जनताको घरदैलोमा समस्या बुझ्दै समाधानका लागि पहलमा खटिएका छन् । निर्वाचनका बेला गरेका बाचा पुरा गर्न सधै वडा अध्यक्ष यादव जनताको साथमा रहेका छन् ।
कोरोना भाइरसका कारण देशमा जारी निषेधाज्ञाका कारण विपन्न परिवारको चुलो बाल्न राहत स्वरुप पहिलो चरणमा उनले खाद्यान्न सामग्री समेत वितरण गरिसकेका छन् । यस्तै, केही दिन अघि महामारीको बेला अग्रपंक्तिमा रहेर काम गर्ने प्रहरी सुरक्षाकर्मीलाई उनले स्वास्थ्य सामग्रीे वितरण गरेका छन् ।केही दिनदेखि निरन्तर परेको अविरल वर्षाले गर्दा अतिविपन्नको परिवारको घरमा छानो चुहिन थालेपछि वडाअध्यक्ष राजेन्द्र यादवले जस्तापाता वितरण गरेका छन् । मायादेवी वडा नम्बर ६ का १५ अतिविपन्न घरपरिवारलाई टिनका जस्तापाता वितरण गरिएको वडाअध्यक्ष यादवले बताए । राहत स्वरुप जस्ताापाता पाएसंगै अतिविपन्न परिवार हर्षित भएका छन् ।
जनताको समस्या समाधान गर्न आफु सधै प्रतिबद्ध रहेको वडाअध्यक्ष यादवले बताए । भौतिक पूर्वाधारसंगै सामाजिक क्षेत्रमा पनि आफुहले उल्लेखीय प्रगति गरेको दावी गर्दै निर्वाचनको बेला जनता समक्ष बाचा गरेको योजना पुरा गर्ने दृढता समेत उनले व्यक्त गरे । नागरिकलाई समस्या परे तुरुन्त आफूलाई खबर गर्न वडाबासीलाई उनले आग्रह समेत गरेका छन् ।











